दैनिक समाचारदाता
रावजविराज, ५ चैत ।
राजविराजमा मंगलबार राजावादीहरुले शक्ती प्रर्दशन गरेका छन् । “राजा आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराउदै उनीहरुले शक्ति प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरेका थिए ।
प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता÷कार्यकर्ताका साथै स्थानीयको उल्लेख्य सहभागीता थियो । स्थानीय मलेठ चौकबाट निकालिएको जुलृुश नगर परिक्रमा गर्र्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साह, केन्द्रीय सदस्य जया महतो, राप्रपाका स्थानीय नेता सुरेन्द्र साह सुरेश, नविन मण्डल, कुपानन्द झा लगायतले सम्बोधन गर्दै संघियता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरी २०४७ को संविधान लागु गर्नु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले देशमा राजसंस्था र हिन्दु धर्मको पक्षमा माहौल बनिसकेको भन्दै अब यसलाई कुनै पनि शक्तीले रोक्न नसक्ने दाबी समेत गरे ।
राजावादीको उक्त प्रर्दशनमा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखी सर्वसाधारण समेतको सहभागिता थियो ।
राजविराजमा राजावादीको प्रर्दशन
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाईमा राजसंस्था पुनः स्थापना, हिन्दु राष्ट्र घोषणा, प्रदेश संरचना खारेजी लगायतका माग तथा नाराबाजी समेत गर्दै प्रर्दशन गरेका थिए ।
- प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता÷कार्यकर्ताका साथै स्थानीयको उल्लेख्य सहभागीता थियो ।
- स्थानीय मलेठ चौकबाट निकालिएको जुलृुश नगर परिक्रमा गर्र्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया