दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरी प्रहरीले दुई महिनाको अवधीमा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई शनिबार पनि निरन्तरता दिएको छ ।
प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ । अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो । दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।
उक्त गाजाहरु तस्करीका लागि गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले विभिन्न मितिमा सप्तरीको बोदेबरसाइन नगरपालिका र बलानबिहुल गाउँपालिका क्षेत्रबाट बरामद गरेको थियो ।
बरामद गाजा ठूलो परिमाणमा रहेकाले जनस्वास्थ्यको ख्याल गरि मानव बस्तिबाट टाढा एकान्त स्थलमा पु¥याई जलाएर नष्ट गर्न थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा उक्त गाजाहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट
सारांश
- प्रहरीले शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरेको छ ।
- अघिल्लो दिन शुक्रबार पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो ।
- दुई दिनको अवधीमा प्रहरीले ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया