दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार अदालतबाट कैद सजाय तोकी फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठगि मुद्दाका सप्तरीको तिरहुत गाउँपालिका २ का सुमन कुमार मिश्रा छन् । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो ।
यस्तै लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी सप्तरीको डाक्नेश्वरी नगरपालिका २ निवासी सन्तोष कुमार साह पनि पक्राउ परेका छन् । सो मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई एक वर्ष सजाय कैद हुने ठहर गरेको थियो ।
यसैगरि सोही मुद्दामा सप्तरी जिल्ला अदालतबाट २ महिना कैद सजाय तोकिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी बद्री मुखिया पनि पक्राउ परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा दुई महिना कैद सजाय हुने फैसला गरेको थियो ।
अदालतको फैसलापछी फरार रहेका उनीहरुलाई खोजतलासका क्रममा गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरुलाई आइतबार नै कैद सजाय भुक्तानका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद सजाय तोकिएका तीन जनालाई पक्राउ गरेको हो ।
- पक्राउ पर्नेमा ठगि मुद्दाका सप्तरीको तिरहुत गाउँपालिका २ का सुमन कुमार मिश्रा छन् ।
- उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले २ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया