रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 

राजविराज राजविराज
|
बुधबार, जेठ १४, २०८२
|
|
७० पटक हेरिएको
Shares
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका  किशोरको उपचार खर्चको माग गर्दै धर्ना 

सारांश

  •     सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.
  • १झ.
  • ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 

    राजविराज नगरपालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएका एक किशोरको उपचार खर्चको माग गर्दै बुधबारदेखी उनका आफन्त र स्थानीय नगरपालिका परिसरमै अनिश्चितकालिन धर्नामा बसेका छन् । 
    सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.१झ. ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए । 
    बिदाका दिन राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको सो गाडीमा राजविराज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष अरुण यादवसहितका केही व्यक्ति सवार रहेका थिए । 
    ठक्करबाट हात र खुट्टा भाचिनुका साथै टाउँकोमा गम्भिर चोट लागेका उनलाई प्रहरीले उपचारका लागि सोही दिन बिराटनगरस्थित बिराट नर्सिङ्ग होममा भर्ना गराएको थियो । 
    उक्त गाडी भने चालक बिनोद साहले चलाइरहेको नगरपालिका श्रोतले जनाएको छ । उपचारका क्रममा ९२ दिनपछी होसमा आएका छोराको उपचार वापतको २५ लाख मध्ये नगरपालिकाले अहिलेसम्म २ लाख रुँपैया मात्र दिएको बुबा रघुनाथ यादवको भनाई छ । बाँकी २३ लाख रुँपैया बुझाउन नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको र बाध्य भई धर्नामा बस्नु परेको उनले सुनाए । 
    नगरपालिकाले विभिन्न बहाना देखाउँदै थप रकम दिन आलटाल गर्ने गरेको र आफुसँग त्यत्रो ठूलो रकम तिर्ने हैसियत नहुँदा छोरालाई घर ल्याउन नसकिएको उनले लाचारी सुनाए ।
    बोदेबरसाइन नगरपालिकाबाट बालकका आफन्तसहित करिब सय जनाको संख्यामा आएका स्थानीयले मूल गेटमै धर्ना कार्यक्रम सुरु गरेका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
इष्टर्न ज्योति प्रथम
इष्टर्न ज्योति प्रथम
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
आगलागिमा लाखौंको क्षति
आगलागिमा लाखौंको क्षति
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न 
नेपाल लाईफ ईन्स्योरेन्सका अभिकर्तालाई पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न