राजविराज÷विपन्नलाई उपचारमा राहत पु¥याउने उद्देश्यले सरकारले सर्वसाधारणसँग केही न्युन रकम लिएर स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ । विशेष गरि कम आय श्रोत भएका तथा विपन्न समुदायका व्यक्तिले सरकारले तोेकेको रकम तिरेर स्वास्थ्य विमा गराएका छन् ।
तर यसको लाभ लिने बेला विभिन्न वहाना देखाउँदै अस्पतालले सेवा सुविधा नदिदा बिरामीहरु ठगिन थालेका छन् । जसको पछिल्लो उदाहरण बनेको छ, सरकारको मातहतमा रहेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको “औषधी बिक्रि केन्द्र” ।
अस्पताल परिसरमै रहेको उक्त केन्द्रमा कहिल्यै चिकित्सकद्वारा लेखिए अनुसारको औषधी नपाइने बिरामी र उनका आफन्तले गुनासो गरेका छन् ।
शुक्रबार सो अस्पतालका डा. आदर्श सिंहलाई जचाएपछी औषधी लिन उक्त केन्द्रमा जाँदा पूर्जामा लेखिएको ९ मध्ये ३ वटा औषधी मात्र पाइएको राजविराज ४ का विक्रान्त परियारले गुनासो पोखे । “सस्तोमा पाइने ३ वटा औषधी मात्र दिइयो, उनले भने, बाँकी ६ वटा औषधी सकेको छ बजारमै किन्नु भनेर फर्काइदिए ।”
यस्तै राजगढ गाउँपालिका ६ बाट ७ वर्षिय छोरा अशोकलाई जचाउन आएकी सुलोचना मण्डलले सोही अस्पतालमा डा. कालिप्रसाद यादवसँग स्वास्थ्य परिक्षण पश्चात् उनले लेखिदिएको पूर्जा लिएर उक्त केन्द्रमा जाँदा ७ मध्ये २ वटा औषधी मात्र पाइएको गुनासो गरिन् । उनले समस्या पर्दा सस्तोमा उपचार सेवा र औषधी पाइने आशमा पूरै परिवारको ३ हजार ५ सय रुँपैया तिरेर स्वास्थ्य विमा गराएको भएपनि अहिले समस्या पर्दा विमाको समुचित लाभ पाउन नसकि ठगिएको महसुस भएको बताइन् ।
उक्त औषधी केन्द्रमा पुग्ने जो कोही बिरामी र उनका आफन्तको यस्तै गुनासो छ । सरकारले स्वास्थ्य विमा गराएका विमितका लागि एकातिर न्यून मात्रामा औषधी पठाउने अर्कोतिर उपलब्ध औषधीमा पनि औषधी केन्द्रमा खटिएका कर्मचारीले गडबडी गर्ने गरेको स्थानीयको आरोप छ ।
आवश्यक जनशक्तिको अभावमा अस्पतालमा रहेको एचडियु सेवा विगत चार महिनादेखी बन्द छ । अस्पताल आउने बिरामी सो जाँचका लागि चर्को शुल्क तिरेर बाहिर प्रइभेट क्लिनिकमा जान बाध्य छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश साहले औषधी र जनशक्तिको अभाव बारे आफूले सम्बन्धीत विभागमा जानकारी गराई समाधानका लागि पहल गरिरहेको बताएका छन् ।
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
सारांश
- शुक्रबार सो अस्पतालका डा.
- आदर्श सिंहलाई जचाएपछी औषधी लिन उक्त केन्द्रमा जाँदा पूर्जामा लेखिएको ९ मध्ये ३ वटा औषधी मात्र पाइएको राजविराज ४ का विक्रान्त परियारले गुनासो पोखे ।
- “सस्तोमा पाइने ३ वटा औषधी मात्र दिइयो, उनले भने, बाँकी ६ वटा औषधी सकेको छ बजारमै किन्नु भनेर फर्काइदिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया