एकै रात दुई पसलमा लाखौंको चोरी

राजविराज राजविराज
|
शुक्रबार, जेठ १७, २०७६
|
|
१३६ पटक हेरिएको
Shares
एकै रात दुई पसलमा लाखौंको चोरी

सारांश

  •     बिहीबर साँझदेखी वर्षासँगै चलेको हावाहुरीका कारण सबेरै पसल बन्द गरेर पसलेहरु घर गएका बेला मुख्य बाजारका दुई वटा पसलमा चोरी भएको हो ।
  •       राजविराज ७ स्थित लक्ष्मी इलेक्ट्रोनिक्स र सोही पसलसँग टाँसिएका पुजा पान भण्डारमा भएको चोरीका घटनामा नगद २५ हजार, मोवाइल, रिचार्ज कार्ड, पेन ड्राइभ, मेमोरी कार्ड र क्यामरा गरी करीब ३ लाख १० हजारको चोरी भएको पीडितहरुले बताएका छन् ।
  •     “बिहान पसल खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको लक्ष्मी इलेक्ट्रोनिक्सका संचालक बेचु दासले बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
    सप्तरी सदरमुकाम राजविराजस्थित मेन रोडका दुई वटा पसलमा बिहीवार मध्यराती चोरी भएको छ ।
    बिहीबर साँझदेखी वर्षासँगै चलेको हावाहुरीका कारण सबेरै पसल बन्द गरेर पसलेहरु घर गएका बेला मुख्य बाजारका दुई वटा पसलमा चोरी भएको हो । 
    राजविराज ७ स्थित लक्ष्मी इलेक्ट्रोनिक्स र सोही पसलसँग टाँसिएका पुजा पान भण्डारमा भएको चोरीका घटनामा नगद २५ हजार, मोवाइल, रिचार्ज कार्ड, पेन ड्राइभ, मेमोरी कार्ड र क्यामरा गरी करीब ३ लाख १० हजारको चोरी भएको पीडितहरुले बताएका छन् ।
    “बिहान पसल खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको लक्ष्मी इलेक्ट्रोनिक्सका संचालक बेचु दासले बताए । उनका अनुसार पसलबाट नगद र ११ थान मोवाइलसहित २ लाख ६० हजार रुपैयाँको सरसमान चोरी भएको हो । 
    सोही पसलदेखि टाँसिएको पुजा पान भण्डारबाट ५० हजार बराबरको चोरी भएको संचालक रविन्द्र चौरसियाले बताए । चोरले चौरसियाकै पसल फुटाएर पहिला उनको पसलमा तथा त्यसपछि भित्रि दिवाल फुटाएर दासको पसलमा चोरी गरेको पाइएको डिएसपी भावेश रिमालले बताए । 
    घटनास्थलबाट पसल र पर्खाल फोड्न प्रयोग गरिएको एक थान खन्तीसमेत प्रहरीले बरामद गरेको छ । पीडितको जाहेरीको आधारमा आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी रिमालले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा पीडामा खंग दम्पत्ति
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने