आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे

राजविराज राजविराज
|
शनिबार, जेठ १८, २०७६
|
|
६५ पटक हेरिएको
Shares
आगलागिमा एक हजार ५ सय कुखुराका चल्ला जलेर मरे

सारांश

  •     आगलागिमा कुखुरा फर्ममा रहेका एक हजार पाँच सय चल्लासमेत जलेर मरेका छन् ।
  • राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण कायम गरिएको राजविराज नगरपालिका बारुण यन्त्र विभागका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।

    राजविराज÷सप्तरीको बोदेबर्साइन नगरपालिका ३ गौरा टोलमा शनिबार बिहान आगलागि हुँदा एक कुखुरा फर्मसहित ६ घर खरानी भएको छ । 
    वडा नं. ३ स्थित गौरा टोलमा विद्युत सर्ट भई बिहान ९ बजेतिर सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा एक कुखुरा फर्मसहित सोही सँग टाँसिएको ६ घर जलेर खरानी भएको छ । 
    आगलागिबाट स्थानिय जागेश्वर यादवको कुखरा फर्मका साथै काशेन्द्र यादव, जयनारायण यादव, बिनोद कुमार यादव, शशी यादवलगायतको घर जलेर नष्ट भएको छ । 
    आगलागिमा कुखुरा फर्ममा रहेका एक हजार पाँच सय चल्लासमेत जलेर मरेका छन् । राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाको बारुणयन्त्र तथा स्थानियवासी र प्रहरीको एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण कायम गरिएको राजविराज नगरपालिका बारुण यन्त्र विभागका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ