दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संविधान जारी भएको दिन असोज ३ लाई विगत झै यस वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाकक्षमा विहिवार विभिन्न राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा नेपाली काँग्रेसका उपसभापती रामकुमार यादव, नेकपा एमालेका सचिव देवनाथ यादव र नेकपा माओवादी केन्द्रका इन्र्चाज सूर्यनाथ यादव वाहेक अन्य कुनै पनि राजनीतिक दलका प्रतिनिधी सहभागी भएनन् ।
जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठन भएको मुल आयोजक समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथेकि, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेत, सामुदायीक प्रहरी सेवा मञ्चका अध्यक्ष धिरेन्द्र कुमार दास, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुल चन्द्र नेपाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खडगाको पनि सहभागिता रहेको थियो ।
बैठकले २ असोजमा साँझ घर तथा कार्यालयहरुमा दीपावली, ३ असोजमा प्रभातफेरी र गजेन्द्र नारायण सिह अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा ४ असोजमा साँझ घर तथा कार्यालयहरुमा दिपावली लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
अहिले विशेष गरी राजनीतिक परिस्थितीलाई दृष्टीगत गरी थोरै कार्यक्रम तय गरिएको मूल आयोजक समितीका संयोजक साहले जानकारी दिए ।
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
सारांश
- जिल्ला समन्वय समितिको सभाकक्षमा विहिवार विभिन्न राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।
- बैठकमा नेपाली काँग्रेसका उपसभापती रामकुमार यादव, नेकपा एमालेका सचिव देवनाथ यादव र नेकपा माओवादी केन्द्रका इन्र्चाज सूर्यनाथ यादव वाहेक अन्य कुनै पनि राजनीतिक दलका प्रतिनिधी सहभागी भएनन् ।
- जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठन भएको मुल आयोजक समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथेकि, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेत, सामुदायीक प्रहरी सेवा मञ्चका अध्यक्ष धिरेन्द्र कुमार दास, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुल चन्द्र नेपाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खडगाको पनि सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया