नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध

राजविराज राजविराज
|
सोमबार, कार्तिक २४, २०८२
|
|
७२ पटक हेरिएको
Shares
नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध

सारांश

  •     उनीहरूले बिहानदेखि मधेश प्रदेश भवन अगाडी टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको गमला सहितको संरचनामा तोडफोड गरेर नाराबाजी गरेका हुन् ।
  •     प्रदर्शनकारीहरूले गेटअगाडि राखिएका गमला तथा स्वागतका लागि राखिइएको पितलको गाग्रोहरू तोडफोड गरेका छन् ।
  • प्रदर्शनका क्रममा उनीहरूले प्रदेश प्रमुखको विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।

दैनिक समाचारदाता
जनकपुर, २४ कात्तिक । 

    मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाममा सात दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
    उनीहरूले बिहानदेखि मधेश प्रदेश भवन अगाडी टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि भएको गमला सहितको संरचनामा तोडफोड गरेर नाराबाजी गरेका हुन् ।
    प्रदर्शनकारीहरूले गेटअगाडि राखिएका गमला तथा स्वागतका लागि राखिइएको पितलको गाग्रोहरू तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रदेश प्रमुखको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूको एक समूहले कार्यालयको प्रवेशद्वारमा रहेका सजावटी गमलाहरूमा क्षति पुर्याएका छन् ।
    यस्तै विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले जनकपुरस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी पनि गरेका छन् ।
    जनकपुर बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरेका छन् ।    
    यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शङ्कास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने बताए ।  
     यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
जसपाको बृहत प्रदर्शन, असंबैधानिक कदम  खारेज तथा रेशम चौधरीको रिहाईको माग
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो
आगलागीमा ६६ हजार २ सय रुँपैया नगद जल्यो
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन