प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ

सारांश

  •     बिहीबार राति १०ः३० बजेको समयमा जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझियाबाट प्रहरीले ९ सय ७८ किलो गाँजासहित ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का २५ बर्षीय संजय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
  •     पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.
  • ५ख.

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजासहित सप्तरी प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
    बिहीबार राति १०ः३० बजेको समयमा जिल्लाको कञ्चनरुप नगरपालिका २ बरमझियाबाट प्रहरीले ९ सय ७८ किलो गाँजासहित ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का २५ बर्षीय संजय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
    पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ख. ५३५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा भित्र प्लाष्टिकले प्याक गरेको अवस्थामा ९ सय ७८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा, ट्रक र ट्रक चालक श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
    नियन्त्रणमा लिइएका ट्रक चालकलाई शुक्रबार सप्तरी जिल्ला अदालतबाट लागु औषध कसुरमा  सात दिनको म्याद थप गराई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
सरकारले पत्रकारको हकहितका लागि काम गर्नुपर्नेमा पूर्वमन्त्री साहको जोड
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
आगलागीमा एक गाई पोलेर घाइते
आगलागीमा एक गाई पोलेर घाइते
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा