दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
मुलुकमा पटक पटक राजनीतिक अवस्था फेरिएपनी हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ रहेको छ । सोमवार राजविराजमा पत्रकार सम्मेलन मार्फत हरुवा चरवाले ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा मुक्त हरवा चरवा अधिकार मञ्चका केन्द्रिय अध्यक्ष दशन मण्डलले उक्त माग पुरा गराउन संचारकर्मीलाई पहल गरिदिन समेत आग्रह गरेका छन ।
कृषि बधुवा मजदुरको रुपमा दैनिक सोह्र घण्टा भन्दा बढी समय काममा जोतिन बाध्य हरवा चरवाको जीवन दिनानुदिन कस्टकर बन्दै गएको उनले सुनाए । प्रायः एलानी, पर्ती, सडक किनार र पोखरीको डिलजस्ता ठाउँमा वसोवास गरेर कस्टकर जीविका धान्दै आएका हरवा चरवालाई पटक पटक फेरिने सरकारहरुबाट आश्वासन बाहेक केही नपाइएको उनको गुनासो छ ।
पत्रकार सम्मेलनमा मञ्चका महासचिव लागेन्द्र पासवानले मञ्चको तर्फबाट ९ बुँदे माग सार्वजनिक गर्दै उक्त माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । जसमा आवाससहित हरवा–चरवा परिवारलाई वास स्थलको व्यवस्था, स्थानीय तहमा श्रम निर्देशीका तयार गरी न्यूनतम पारिश्रमिकको व्यवस्था, हरवा चरवा बालबालिकालाई विशेष छात्रवृतिको व्यवस्था, हरवा चरवा परिवारको आयआर्जनका लागी सीपमूलक तालिमको व्यवस्था, स्वास्थ्य विमाको व्यवस्था तथा शहरी क्षेत्रका लागी १ कठ्ठा र ग्रामिण क्षेत्रका लागी २ कठ्ठा जग्गा भुमिहिन हरवा–चरवालाई सहयोग वापत सरकारले उपलब्ध गराउनु पर्ने लगायतका माग अघि सारेका छन ।
हरवा–चरवाको सशक्तीकरणका लागी सहयोग गरिरहेका फ्रिडम फन्डका कार्यक्रम सल्लाहाकार ब्रह्मदेव रामले मधेश प्रदेशमा झण्डै एक लाखको हाराहारीका हरवा चरवा रहेको जानकारी दिदै आफुहरुले उनीहरुको उत्थानका लागी विभिन्न कार्यक्रम ल्याएपनी त्यो मात्रै पयाप्त नभएको बताए । उनले यस तर्फ स्थानीय, प्रदेश र संघीय गरी तिनै तहका सरकारको सहयोग र सकृयता आवश्यक रहेको बताए ।
पत्रकार सम्मेलनको उदेश्य बारे प्रकाश पार्दै हरवा चरवा सशक्तीकरण कार्यक्रम संयोजक टिकाराम विश्वकर्माले सरकारले सबै स्थानीय तहलाई परिचालन गरेर हरवा चरवाको यकिन तथ्याक र लागत संकलन तथा परिचयपत्र र व्यवस्थापन सम्बन्धि प्याकेज दिने व्यवस्थाका लागी पहल गर्न माग गरे ।
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
सारांश
- पत्रकार सम्मेलनमा मुक्त हरवा चरवा अधिकार मञ्चका केन्द्रिय अध्यक्ष दशन मण्डलले उक्त माग पुरा गराउन संचारकर्मीलाई पहल गरिदिन समेत आग्रह गरेका छन ।
- कृषि बधुवा मजदुरको रुपमा दैनिक सोह्र घण्टा भन्दा बढी समय काममा जोतिन बाध्य हरवा चरवाको जीवन दिनानुदिन कस्टकर बन्दै गएको उनले सुनाए ।
- प्रायः एलानी, पर्ती, सडक किनार र पोखरीको डिलजस्ता ठाउँमा वसोवास गरेर कस्टकर जीविका धान्दै आएका हरवा चरवालाई पटक पटक फेरिने सरकारहरुबाट आश्वासन बाहेक केही नपाइएको उनको गुनासो छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया