अझै फेला परेनन् एक सय ११ जना  बालबालिका, महिला तथा ज्येष्ठ नागरिक

राजविराज राजविराज
|
मंगलबार, मंसिर २३, २०८२
|
|
८५ पटक हेरिएको
Shares
अझै फेला परेनन् एक सय ११ जना  बालबालिका, महिला तथा ज्येष्ठ नागरिक

सारांश

  •     सो अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये १ सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाबिरुद्ध आयोजना गरेको अन्तरकृया कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९, ०७९÷०८०, २०८०÷०८१ र चालु आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 

    साढे तीन वर्षको अवधीमा सप्तरीबाट हराएका मध्येबाट एक सय भन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न सकेका छैनन् । 
    सो अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये १ सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाबिरुद्ध आयोजना गरेको अन्तरकृया कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९, ०७९÷०८०, २०८०÷०८१ र चालु आ.ब. २०८२÷०८३ को हालसम्म हराएका १ सय ११ जना फेला पर्न नसकेको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिएका छन् । तीन बर्षमा ४ सय २६ जना हराएकोमा ३ सय ६१ जना फेला परेको तथा ६५ जना अझै फेला नपरेको उनले बताए ।
    यस अवधिमा ४६ जना बालक हराएकोमा ३९ जना फेला परेको तथा ७ जना अझै फेला नपरेको, १ सय ५२ जना बालिका मध्येबाट १ सय १९ जना भेटिएको, २ सय ११ जना महिला मध्येबाट १ सय ९५ जना भेटिएको र ९ जना ज्येष्ठ नागरिक हराएकोमा ८ जना भेटिएको प्रहरीको तथ्यांकले देखाएको छ ।
    यस्तै चालु आ.ब. २०८२÷८३ को साउनदेखि अहिलेसम्म १ सय ३९ जना हराएकोमा ८० जना भेटिएको र ४६ जना अझै फेला पर्न सकेको नसकेको प्रहरीले जनाएको छ । यसरी ६५ जना र ४६ जना गरी एक सय ११ जना अझै बेपत्ता छन् ।
    यस अवधीमा १० जना बालक हराएकोमा ८ जना फेला परेको, ५२ जना बालिका हराएकोमा ३२ जना भेटिएको, ६१ जना महिला हराएकोमा ३१ जना भेटिएको, १४ जना पुरुष हराएकोमा ८ जना भेटिएको र २ जना ज्येष्ठ नागरिक हराएकोमा १ जना भेटिएको कार्यक्रममा गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
    यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ५ महिनामा ९५ वटा महिला हिंसाका उजुरी परेको जानकारी दिइएको छ । प्रहरीका अनुसार चालु आ.ब.को साउनदेखि अहिलेसम्म ९५ वटा उजुरी पर्दा ७० वटाको मिलापत्र गराइएको र २५ वटा सम्पर्कमा नआएकाले बाँकी रहेको हो ।
    यस अवधीमा घरेलु हिंसा सम्बन्धी १४ वटा निवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा परेको छ । त्यसमध्ये १२ वटाको मिलापत्र गराइएको र २ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
सशस्त्रका असई भारतमा मृत फेला
सशस्त्रका असई भारतमा मृत फेला
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न