विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका

राजविराज राजविराज
|
आइतबार, पौष १३, २०८२
|
|
९७ पटक हेरिएको
Shares
विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका

सारांश

  •     यसअघी सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेको छ ।
  •       गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे ।
  • कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री उमेश यादवले बाल विवाह मुक्त घोषणा सभाको उद्घाटन गरे ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    सप्तरीको विष्णुपुर गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको छ । सातवटा वडा रहेको गाउँपालिकाको सबै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच पालिकालाई आइतबार बाल विवाहमुक्त घोषणा गरिएको हो । 
    यसअघी सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेको छ । 
    गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री उमेश यादवले बाल विवाह मुक्त घोषणा सभाको उद्घाटन गरे ।
    पालिकालाई बालविवाह मुक्त घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा वडा कार्यालयलले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए । 
    उनले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड समेत दिए ।
    नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले बताए ।
    सो अवसरमा वडाअध्यक्ष लोचन साह, भोगेन्द्र यादव, जिवछ मण्डल, पालिकाका प्रशासन प्रमुख गंगाराम साह, सेभ द चिल्ड्रेनका सिनियर म्यानेजर उमेश गुप्ता, सिनियर प्राजेक्ट संयोजक मकर बहादुर सार्की लगायतले पनि शुभकामना दिएका थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
डुबेर एक किशोरीको मृत्यु
डुबेर एक किशोरीको मृत्यु
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
मृत अवस्थामा पुरुष फेला  
मृत अवस्थामा पुरुष फेला  
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
म्याक्सेल बिजयी मोहत्सव मनायो
म्याक्सेल बिजयी मोहत्सव मनायो
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन