राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव

राजविराज राजविराज
|
मंगलबार, माघ २०, २०८२
|
|
१४० पटक हेरिएको
Shares
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव

सारांश

  •     मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले सो आरोप लगाउदै यहाँको राजनीति र विकासीय कामको सुस्तता देखेर यसलाई गति प्रदान गर्न प्राथमिक्ताका विभिन्न एजेण्डा सहित आपृmु यसै क्षेत्रबाट उम्मेदवार बनेको उनले बताए ।
  •       गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा झण्डै ७८ जना युवाले ज्यान गुमाउनुको मुख्य कारण बेथिती, भ्रष्टाचार र यस्तै प्रवृति भएको जिकिर समेत गरे ।
  •     पत्रकार सम्मेलनमा उनले ११ बुंदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, २० माघ । 

    जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह यादवले २०६४ सालदेखी लगातार मधेश केन्द्रित दल कै उम्मेदवार जित्दै आएको अवस्थामा पनि सप्तरी क्षेत्र नं. २ मा कुनै सुधार नभएको आरोप लगाएका छन् ।  
    मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले सो आरोप लगाउदै यहाँको राजनीति र विकासीय कामको सुस्तता देखेर यसलाई गति प्रदान गर्न प्राथमिक्ताका विभिन्न एजेण्डा सहित आपृmु यसै क्षेत्रबाट उम्मेदवार बनेको उनले बताए । 
    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा झण्डै ७८ जना युवाले ज्यान गुमाउनुको मुख्य कारण बेथिती, भ्रष्टाचार र यस्तै प्रवृति भएको जिकिर समेत गरे ।
    पत्रकार सम्मेलनमा उनले ११ बुंदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । जसमा गजेन्द्र नारायण सिह अस्पताललाई सुविधा सम्पन्न बनाउने, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षाको ब्यवस्था गरिने, छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्ने लगायत रहेको छ ।
    यस्तै भारतीय सिमा संग जोडिएको राजविराज–कुनौली सडकखण्डको स्तरोन्नती, क्षेत्र भित्रका सबै लिंक रोडहरुको मर्मत सम्भार र निर्माण, किसानलाई समय मै मलखाद्य, विऊ विजनको ब्यवस्था, सबै पालिकामा पूस्तकालयको स्थापना, राजविराज विमानस्थलबाट दैनिक २ हवाई उडानको व्यवस्था, सामुहिक विद्यालयहरुको स्तरोन्नती तथा गुणस्तरीय शिक्षाको व्यव्स्था लगायतका कार्य आफ्नो प्राथमिक्तामा रहेको उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन । 
    जनमत पार्टी भित्र लोकतन्त्र जिवित नरहेकाले सो पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ दल निर्माण गरिएको खुलासा समेत गरेका छन । विगतमा नेताहरु आफ्नो जमिन बेचेर राजनीतिक गर्ने गरेको सुनाउँदै उनले भने “अहिले भने जग्गा जमिन र महल जोड्ने उद्देश्यले केहि ब्यक्ती राजनीतिमा लाग्दा जनतामा त्यस्ता नेताहरुप्रति वितृष्णा फैलिदै गएको छ ।”
    सप्तरीको क्षेत्र नं. २ मा उनी संगै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत, स्वाभिमान पार्टीका सतिश कुमार सिंह, रास्वपाका रामजी यादव, जसपा नेपालका उमेश यादव, नेपाली काँग्रेसका रामकुमार यादव, राष्ट्रिय मुक्ती पार्टीका अनिस अंसारी, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी मुख्य प्रतिस्पर्धामा देखिएका छन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
आइडियल मधेश प्रदेशकै उत्कृष्ट सहकारी 
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी