दैनिक समाचारदाता
राजविराज, ४ बुधबार ।
सात वर्षिय नाबालिकाको अपहरण, शरीर बन्धक तथा मानिव ओसारपसार सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा अदालतले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं. ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते बेलुका करिब ७ बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले मोटरसाइकलमा लगेर वेपत्ता पारेका थिए । दुईदिन पछि आसुका बुवा इमरान खानलाई फोन गरी एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती माग्दै रुपनी गाउँपालिका वडा नं. १ स्थित खाँडो खोलामा आउन भनिएको थियो ।
आसुका परिवारजनले प्रहरीलाई जानकारी गराएपछि सोही स्थानबाट फागुन ७ गते उद्धार गर्दै इम्तियाज अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
घटनासम्बन्धी अनुसन्धान तथा तहकिकात पुरा गरी सप्तरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार अभियुक्तलाई पुर्पक्षका लागि सप्तरी कारागार कार्यालय राजविराज पठाईएको उनले बताए ।
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सारांश
- सप्तरी जिल्ला अदालतले खडक नगरपालिका वडा नं.
- ९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते बेलुका करिब ७ बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी ७ वर्षीया छोरी आसु खातुन भन्ने नेहा खातुनलाई इम्तियाज अहमदले मोटरसाइकलमा लगेर वेपत्ता पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया