दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरी प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं. १० का १९ बर्षीय शिवनन्दन यादव, वडा नं. ४ का १९ बर्षीय संजु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव छन् ।
प्रहरीका अनुसार बिहीबार राति राजविराज नगरपालिका वडा नं. ३ स्थित पोखरेल टोल जाने बाटोमा स्थानीय लालबाबु ठाकुरको घर अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको थियो ।
चोरीपछि करिब पाँच सय मिटर टाढा लगेर मोटरसाइकलको तार सर्ट गरी लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले शंका लागि जाँच गर्ने क्रममा तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका वडा नं.
- १० का १९ बर्षीय शिवनन्दन यादव, वडा नं.
- ४ का १९ बर्षीय संजु यादव र सोही वडाका १९ वर्षीय मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया