पाँच दिने आईसीटी तालिम सम्पन्न

राजविराज राजविराज
|
आइतबार, बैशाख २७, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
पाँच दिने आईसीटी तालिम सम्पन्न

सारांश

  •     पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा क्याम्पसका १५ जना प्राध्यापक तथा विज्ञान, शिक्षा र व्यवस्थापन संकायका स्नातक तह अन्तिम वर्षका ३५ जना विद्यार्थी गरी ५० जनाको सहभागिता थियो ।
  •       तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), गुगल टुल्स, गुगल शीट, डक्स, मिट, क्लासरुम, क्यालेन्डर, वेबसाइट सञ्चालन, रिसर्च कार्य, गुगलमा आर्टिकल प्रकाशन, साइबर सुरक्षा, थेसिस लेखन सामग्री तयारी तथा प्रस्तावना लेखन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
  •     क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) को आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट्स कमिसनको सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको पाँच दिने आईसीटी तालिम आइतबार सम्पन्न भएको छ । 
    पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा क्याम्पसका १५ जना प्राध्यापक तथा विज्ञान, शिक्षा र व्यवस्थापन संकायका स्नातक तह अन्तिम वर्षका ३५ जना विद्यार्थी गरी ५० जनाको सहभागिता थियो । 
    तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), गुगल टुल्स, गुगल शीट, डक्स, मिट, क्लासरुम, क्यालेन्डर, वेबसाइट सञ्चालन, रिसर्च कार्य, गुगलमा आर्टिकल प्रकाशन, साइबर सुरक्षा, थेसिस लेखन सामग्री तयारी तथा प्रस्तावना लेखन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
    क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) को आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट्स कमिसनको सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।
    तालिममा प्रशिक्षकका रूपमा सहभागी रामप्रसाद खतिवडा र विजयलाल प्रधानले अहिलेको समयमा अध्ययन र अनुसन्धानलाई प्रविधिमैत्री बनाउन आईसीटी ज्ञान अपरिहार्य भइसकेको धारणा राखे ।
    समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुशीलकुमार कर्णले तालिमबाट प्राप्त ज्ञानलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गरे । 
    कार्यक्रममा प्राध्यापकहरू यसबन्त झा, रितनारायण साह, उमेश यादव, रामसफल यादव, अनिलकुमार मण्डल लगायतले तालिमले शैक्षिक तथा व्यावहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । वक्ताहरूले अनुसन्धानमुखी शिक्षा, डिजिटल सामग्री निर्माण तथा साइबर सुरक्षासम्बन्धी ज्ञान अहिलेको आवश्यकता भएको उल्लेख गरेका थिए ।
    सहभागी विद्यार्थीहरूले पनि तालिमबाट आफूहरूलाई अध्ययन, प्रस्तुतीकरण, अनुसन्धान तथा भविष्यको पेशागत जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् । विशेषगरी एआई तथा गुगलका विभिन्न डिजिटल प्लेटफर्मको प्रयोगले अध्ययनलाई सहज र व्यवस्थित बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो ।
    क्याम्पसले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री तथा अनुसन्धानमुखी तालिमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
सप्तरीका थप एक संक्रमितको मृत्यु
सप्तरीका थप एक संक्रमितको मृत्यु
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 
तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण 
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते