सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीको बाढी प्रभावित क्षेत्रमा काँग्रेसको केन्द्रिय टोली, पीडितहरूको उद्वार र राहतमा सरकार उदासिन ः सभापति देउवा

सारांश

  •     सप्तरीको बाढीबाट अति प्रभावित क्षेत्रको काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवासहितको टोलीले शुक्रबार स्थलगत निरिक्षण गर्ने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै सो आक्रोस पोखेका हुन् ।
  •     निरिक्षणको क्रममा संचारकर्मी सँग कुरा गर्दै काँग्रेस सभापति देउवाले सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको आरोप पनि लगाए ।
  •     उनले हरेक वर्ष बाढीबाट जनधनको क्षति भइरहदा यहाँका जनतालाई जोगाउन ठोस् पहल हुनुपर्ने र पीडितलाई पुर्नस्थापनाका लागि ठोस् काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

चन्दन यादव
राजविराज, ३ साउन । 
    नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरूको उद्धार र राहतमा सरकार उदासिन देखिएको आक्रोस पोखेका छन् । 
    सप्तरीको बाढीबाट अति प्रभावित क्षेत्रको काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवासहितको टोलीले शुक्रबार स्थलगत निरिक्षण गर्ने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै सो आक्रोस पोखेका हुन् ।
    निरिक्षणको क्रममा संचारकर्मी सँग कुरा गर्दै काँग्रेस सभापति देउवाले सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेको आरोप पनि लगाए ।
    उनले हरेक वर्ष बाढीबाट जनधनको क्षति भइरहदा यहाँका जनतालाई जोगाउन ठोस् पहल हुनुपर्ने र पीडितलाई पुर्नस्थापनाका लागि ठोस् काम गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर पनि बाढीपीडितका लागि आफूसहित काँग्रेसबाट निर्वाचित स्थानिय, प्रदेश र संघीय सरकारमा रहेकाहरुले पनि आ–आफ्नो तलब पारिश्रमिकबाट सहयोग गरिरहेको उनको भनाई थियो । 
    बाढीपीडितका लागि काँग्रेसबाट निर्वाचित संघीय सांसदले ५ दिन र प्रदेश सांसदले १० दिन बराबरको तलब दिने घोषणा पनि गरिसकिएको उनले जानकारी दिँदै स्थानिय काँग्रेसी नेता तथा कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा सक्रिय भई पीडितको सहयोगमा जुट्न निर्देशन पनि दिए । 
    सो क्रममा उनले बाढीपीडितहरुसँग कुराकानी गर्नुका साथै बाढीले कटान गरेको स्थलहरुको समेत निरिक्षण गरेका छन् । उनले बाढीको समस्या समाधान तथा समयमै राहत उपलब्ध गराउने सवालमा सरकार गम्भिर नहुँदा बाढीपीडित मारमा परेको बताउँदै अब बस्ने प्रतिनिधि सभा बैठकमा बाढीपीडितको पुर्नस्थापना र राहतका लागि काँग्रेसले जोडदार आवाज उठाउँने बताए । 
    टोलीले बाढीबाट अति प्रभावित बलान बिहुल गाउँपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, हनुमाननगर कंकालिनि नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका लगायत क्षेत्रको स्थलगत निरिक्षण गरेको हो । 
    देउवासँगै टोलीमा सांसद तेजुलाल चौधरी, केन्द्रिय सदस्य चित्रलेखा यादव, महेन्द्र यादव, आनन्द ढुङ्गाना, रामकृष्ण यादव, जिल्ला सभापति दिनेश यादवलगायत सहभागि रहेको थियो ।
    बाढीका कारण सप्तरीमा ३ हजार ५ सय परिवार बाढी प्रभावित भएका छन भने त्यस मध्ये एक हजार परिवार बिस्थापित भई बाध, बिद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?