दैनिक समाचारदाता
महोत्तरी, २९ कात्तिक ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले विदेशी राजदूतहरुले मधेशको समस्याबारे कुराकानी गर्दा प्रधानमन्त्रीले मधेसीहरु यो देशका नागरिकनै नरहेको जस्ता आरोप लगाउनु दुःखको विषय भएको बताएका छन् ।
महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा बिहीबार माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो दुःखेको पोखेका हुन् ।
तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुने बताए ।
मुलुकमा अहिले राष्ट्रवाद र सैन्यवाद संयुक्त रुपमा अघि बढेकोले हिंसात्मक घटना हुनु स्वभाविक र निश्चित भएको प्रस्ट पार्दै उनले भने, ‘नेपाल सार्वभौमिकता र स्वतन्त्र मुलुक भएपनि जनता स्वतन्त्र नभएको र एक भाषाको माध्यमबाट औपनिवेशिकता लादिएको मुलुक हो । त्यसैले हिंसा हुनु स्वभाविक हो ।’
यस्तै अध्यक्ष ठाकुरले मधेसी जनताले स्वतन्त्रताको आभास नपाउने र जनचेतनाको अभाव मधेश रहिरहेमा कहिल्यै पनि मुलुकलाई साथ दिन नसक्ने बताउँदै भने, “मुलुक स्वतन्त्र रहेपनि यहाँका जनतामाथि विभेद र भेदभाव छ । यहाँको प्रहरी, प्रशासन र कर्मचारीलाई केन्द्र सरकारकै शासन शैलीमा चलेको छ, स्वतन्त्र भएको छैन ।”
सोही कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एकात्मक शासन सत्ताको विरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको औंल्याए । उनले एकीकृत तथा एकात्मक शासनको कारण देशमा पटक–पटक आन्दोलन भएपनि परिवर्तनको आभास हुन नसकेको बताए ।
कार्यक्रममा संविधान संशोधनको माग राख्दै ०७२ सालमा भएको तेस्रो मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका शहिद परिवारलाई प्रदेश नम्बर २ सरकारले सम्झना गर्दै सम्मान समेत गरेको थियो । सो क्रममा शहिदका शालिक समेत अनावरण गरिएको रातोपाटीले जनाएको छ ।
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर
सारांश
- महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा बिहीबार माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो दुःखेको पोखेका हुन् ।
- तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुने बताए ।
- मुलुकमा अहिले राष्ट्रवाद र सैन्यवाद संयुक्त रुपमा अघि बढेकोले हिंसात्मक घटना हुनु स्वभाविक र निश्चित भएको प्रस्ट पार्दै उनले भने, ‘नेपाल सार्वभौमिकता र स्वतन्त्र मुलुक भएपनि जनता स्वतन्त्र नभएको र एक भाषाको माध्यमबाट औपनिवेशिकता लादिएको मुलुक हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया