रगतको अभाव भएपछि साटासाट प्रणाली लागु 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २६, २०७६
|
|
६९ पटक हेरिएको
Shares

सारांश

  •     गर्मीसँगै विभिन्न रोगको संक्रमणले पीडित भई बिरामीको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि बिरामीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
  •       नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटासाट प्रणाली लागु गरिएको छ ।
  • रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ भदौं । 
    राजविराजस्थित गजेन्द्र नरायण सिंह अस्पताल हाताभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभाव भएको छ । 
    गर्मीसँगै विभिन्न रोगको संक्रमणले पीडित भई बिरामीको संख्या बढ्दै जाँदा रक्तसंचार केन्द्रमा रगतको अभाव भएपछि बिरामीहरुलाई सास्ती व्यहोर्नु परेको छ । 
    नेपाल रेडक्रस सोसाइटी शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्रमा अहिले रगतको अभाव भएपछि साटासाट प्रणाली लागु गरिएको छ । रगत अभाव रोक्न साटा साटको बाध्यता रहेको केन्द्रले जनाएको छ । 
    केन्द्र इन्चार्ज नवीनकुमार झाका अनुसार रक्तदाताहरु अहिले कम हुँदै गएकाले रगत लिन आउने बिरामीका आफन्तको रगत लिएर सोही परिमाणमा बिरामीलाई चाहिने समूहको रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । 
    विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव तथा विशेष अवसरमा मात्र रक्तदान गर्ने तर, बाह्ै महिना रगतको माग हुने गरेका कारण समस्या हुने गरेको उनले बताए । 
    दैनिक ५÷६ युनिट रगतको माग रहेपनि सो परिमाणमा रगत संकलन हुन नसक्दा समस्या हुने गरेको इन्चार्ज झाले सुनाए । बिरामीको चाप बढ्दै गएपछि रगतको अभाव हुँदा अस्पताल भर्ना भएका कतिपय बिरामीको आफन्त रगत खोज्दै विभिन्न संघसंस्था र व्यक्तिदेखी प्रहरी र सेनासम्म पुग्ने गरेका छन् । 
    यता एक महिना यता रगत खोज्दै पुगेका आधा दर्जन भन्दा बढी बिरामीका आफन्तलाई भिम दल गणका सेनाले रगत उपलब्ध गराएर ज्यान जोगाएको गणका प्रमुख सेनानी गुप्त बत्रहादुर कुँवरले बताए । 
    रक्तदानमा यूवाहरुको सहभागिता उल्लेखीय संख्यामा रहने गरेकोमा अधिकांश यूवाहरु बैदेशीक रोजगारका लागि विदेश पलायन हुने गरेकाले पनि रक्तदान गर्नेहरुको संख्यामा कमी आएको गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको भनाई छ । 
    एक सरकारी अस्पताल तथा एक दर्जनको संख्यामा निजि अस्पताल र क्लिनिकहरु रहेको राजविराजमा सबै ठाउँबाट प्राय जसो रगतको माग भइरहन्छ । तर, संकलन थोरै हुने गरेकाले उत्पन्न समस्या समाधान गर्न सबै मिलेर रक्तदान कार्यक्रमलाई निरन्तरता र प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
पत्रकार महासंघको नेतृत्वका लागि देव र यादव चुनावी मैदानमा
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
बिपन्न परिवारका बालबालिकाका लागी तरकारीखेती प्रभावकारी बन्दै
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 
लागु औषधसहित  स्वास्थ्यकर्मी पक्राउ 
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
अन्तरक्रिया तथा मैनबत्ति प्रज्ववलन गरि मनाइयो अप्रावासन दिवस
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु