दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० वटा नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गरिब, असाय र अति बिपन्न परिवारको लागि ह्यावीट्याट फर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।
कम लागतमा बिपत प्रतिरोधक, सुलभ, सुरक्षित तथा दिगो आकर्षक आवास निर्माण हुने भएपछि नमुना सामुदायिक आवास निर्माण शुरु गरेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बताए ।
२ लाख ८४ हजारमा सुबिधा सम्पन्न र सुरक्षित आवास निर्माणका लागि स्थानीय श्रोत र साधनको बढी उपयोग गरिएको महुली सामुदायिक बिकास केन्द्र बकधुवाका कार्यकारी सचिव प्रभु नारायण चौधरीले बताए ।
सामुदायिक आवासका लागि गाउँपालिकाले ७५ लाख र ह्याबिटयाट फर ह्युमानिटी नेपाले ५० लाख र बाँकी महुली सामुदायिक बिकास केन्द्रको लगानी रहेको उनले जानकरी दिए ।
२ बिगाहा १८ कठ्ठा क्षेत्रफलमा निर्माण कार्य शुरु भएको नमुना आवास ५० परिवारका लागि १५ धुरको दरले जग्गा उपलब्ध गराएको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिएका छन् ।
गाउँपालिका अन्तर्गतका दलित समुदाय भित्रका अति बिपन्न, असाय, एकल महिलाका ५० परिवारलाई आगामी फागुन महिनासम्म आवास हस्तान्तरण गरिने उनको भनाई छ । कम लगानीमा राम्रो सुरक्षित र आकर्षक सुबिधा सम्पन्न आवास निर्माण हुने भएकाले संस्थासँग सझेदारी गरि ६ वटै वडामा पहिलो चरनमा १० वटा बिपन्न परिवारका लागि आवास निर्माणको योजना गाउँपालिकाले ल्याएको हो ।
आवास निर्माण कार्यलाई थप प्रभावकारी गुणस्तरीय बनाउन सुझावका लागि समय समयमा अनुगमन तथा निरीक्षण समेत गराउदै आएको महुली सामुदायिक बिकास केन्द्रले जनाएको छ ।
आवास निर्माणको बारे शुक्रबार जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव नेतृत्वको जिल्ला स्तरीय टोलिले शुक्रबार अग्निसाईर कृष्णासवन ४ स्थित कटाहाभेडियामा अनुगमन एवं निरिक्षण गरेको छ ।
टोलिले स्थलगत निरीक्षण गर्दै कार्यक्रमलाई निरन्तरता दिन जोड दिदै प्रशोधित बास सहितका स्थानीय सामाग्री प्रयोगले बन्ने घर जिल्लाका अन्यपालिकाहरुमा बिस्तार गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
निरिक्षण टोलिमा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, जिल्ला समवन्य अधिकारी नवराज खड्का, ह्याबिटेट फर ह्युमानिटीका कार्यक्रम संयोजक राम प्रकाश सिंह दनुवार, सिनियर प्रजेक्ट ईन्जिनियर बिजय प्रसाद गुप्ता, कार्यक्रम अधिकृत राजिब बर्मा, सदस्य बृजमान तामाङ कृष्णा देब यादब र स्थानिय जनप्रतिनिधिले स्थलगत अनुगमन गर्दै पासा समूह, उपभोक्त समिति, आवास ब्यबस्था मुल समितिसंग भेटघाट गरि छलफल गरेको महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक लिला प्रसाद निरौलाले जानकारी दिए ।
नमूना सामुदायिक आवास निर्माण कार्यक्रमलाई स्थानीय सरकारको ५० प्रतिशात सहयोगमा जिल्लाभर बिस्तार गर्ने योजना बनाएको संयोजक निरौलाले जानकारी समेत दिए ।
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा
सारांश
- गरिब, असाय र अति बिपन्न परिवारको लागि ह्यावीट्याट फर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।
- कम लागतमा बिपत प्रतिरोधक, सुलभ, सुरक्षित तथा दिगो आकर्षक आवास निर्माण हुने भएपछि नमुना सामुदायिक आवास निर्माण शुरु गरेको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बताए ।
- २ लाख ८४ हजारमा सुबिधा सम्पन्न र सुरक्षित आवास निर्माणका लागि स्थानीय श्रोत र साधनको बढी उपयोग गरिएको महुली सामुदायिक बिकास केन्द्र बकधुवाका कार्यकारी सचिव प्रभु नारायण चौधरीले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया