मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आषाढ ९, २०८३
|
|
९९ पटक हेरिएको
Shares
मोहरम शान्तिपूर्ण रुपमा मनाउन सप्तरी प्रशासनको आग्रह

सारांश

  • जिल्ला प्रशासनले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा हातहतियार प्रदर्शन, सवारी आवागमनमा अवरोध तथा होहल्ला जस्ता गतिविधि नगर्न अपील गरेको हो ।
  • मोहरम पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै प्रशासनले धार्मिक तथा सांस्कृतिक पर्वहरु आपसी सद्भाव, सामाजिक मर्यादा र कानुनी व्यवस्था कायम राख्दै मनाउनुपर्नेमा जोड दिएको छ ।
  • सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा मोहरम पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको हो ।
दैनिक समाचारदाता
राजविराज, ९ असार । 
मोहरम पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले इस्लाम धर्मावलम्बीहरूलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासनले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा हातहतियार प्रदर्शन, सवारी आवागमनमा अवरोध तथा होहल्ला जस्ता गतिविधि नगर्न अपील गरेको हो ।
मोहरम पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै प्रशासनले धार्मिक तथा सांस्कृतिक पर्वहरु आपसी सद्भाव, सामाजिक मर्यादा र कानुनी व्यवस्था कायम राख्दै मनाउनुपर्नेमा जोड दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा मोहरम पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको हो ।
चाडपर्वको नाममा अवाञ्छित गतिविधि तथा हातहतियार प्रदर्शन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रशासनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राखेर पर्व मनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?