दैनिक समाचारदाता
राजविराज, १५ असार ।
राष्ट्रिय धान दिवसको अवसरमा सोमबार तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ कोईलाडीमा धान रोपेर दिवस मनाइएको छ ।
“जलवायुमैत्री प्रविधि ः धानमा निर्भरता र समृद्धि” नाराका साथ मनाइएको सो धान दिवसमा महिला तथा पुरुष किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कृषिलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले किसानलाई गाउँपालिकाबाट विभिन्न किसीमका सुविधाहरु प्रदान गर्दै आईरहेको बताए ।
सप्रोस नेपाल र ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) सँगको सहकार्यमा आयोजित धान दिवसको अवसरमा सप्रोस नेपालद्वारा जलवायु मैत्री अभ्यास तथा प्रविधिहरुको प्रदर्शनी समेत गरिएको थियो ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ कोईलाडीका वडा अध्यक्ष मुनिलाल मुखियाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्षहरु ललन प्रसाद राउत, रोशन सिंह र सत्यनारायण यादव, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, विभिन्न शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
तिलाठी मनाइयो धान दिवस
सारांश
- “जलवायुमैत्री प्रविधि ः धानमा निर्भरता र समृद्धि” नाराका साथ मनाइएको सो धान दिवसमा महिला तथा पुरुष किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
- कृषिलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले किसानलाई गाउँपालिकाबाट विभिन्न किसीमका सुविधाहरु प्रदान गर्दै आईरहेको बताए ।
- सप्रोस नेपाल र ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) सँगको सहकार्यमा आयोजित धान दिवसको अवसरमा सप्रोस नेपालद्वारा जलवायु मैत्री अभ्यास तथा प्रविधिहरुको प्रदर्शनी समेत गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया