गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आषाढ १७, २०८३
|
|
१९३ पटक हेरिएको
Shares
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय

सारांश

  • तर, सप्तरीको सुरुङ्गा नगरपालिकामा एउटा यस्तो सरकारी विद्यालय छ, जसले यी सबै भाष्यलाई चुनौती दिदै गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ ।
  • नगरपालिकाको वडा नम्बर ८ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया, अहिले सरकारी विद्यालयको एउटा नमुना नमुना बनेको हो ।
  • त्यहाँको भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थीमैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको ३१ वटा विद्यालय मध्येकै एक उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरेको नगरप्रमुख गीता चौधरीले बताईन् ।
दैनिक समाचारदाता
राजविराज, १७ असार । 
सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा छैन भन्ने अहिले आम सर्वसाधारणको बुझाई छ । सरकारी विद्यालयमा पढाई हुँदैन हुँदैन, त्यहाँ पढेको विद्यार्थी भन्दा निजी विद्यालयमा पढेको विद्यार्थी राम्रो हुन्छ भन्ने अनेक प्रकारको टिका टिप्पणी अहिले समाजमा व्यापक छ । केही बर्ष यता सप्तरीको मात्र नभई मधेश प्रदेशकै विद्याहरुको एसइईको नतिजा हेर्दा पनि सरकारी विद्यालयको तथ्यांक कमजोर नै देखिएको हो । त्यसले अझ सरकारी विद्यालय प्रति अभिावकको अवश्विास र निजी विद्यालय प्रतिको आकर्षण बढ्नु स्वाभाविक देखिएको छ ।
तर, सप्तरीको सुरुङ्गा नगरपालिकामा एउटा यस्तो सरकारी विद्यालय छ, जसले यी सबै भाष्यलाई चुनौती दिदै गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ ।
नगरपालिकाको वडा नम्बर ८ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय महुलिया, अहिले सरकारी विद्यालयको एउटा नमुना नमुना बनेको हो । त्यहाँको भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थीमैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको ३१ वटा विद्यालय मध्येकै एक उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरेको नगरप्रमुख गीता चौधरीले बताईन् ।
विद्यालय प्रवेश गर्ने बित्तिकै सफा, हरियालीयुक्त र व्यवस्थित वातावरणले आकर्षित जो सुकैलाई पनि आकर्षण गर्छ । विद्यालयले अभिभावक, शिक्षक तथा विद्यार्थीका लागि छुट्टा–छुट्टै आचारसंहिता लागु गरेको छ भने सूचना प्रवाहलाई व्यवस्थित बनाउन सूचना अधिकारीसमेत तोकेको छ । जुन अन्य विद्यालयमा बिरलै हेर्न सकिन्छ । यसबाहेक त्यहाँ अतिरिक्त क्रियाकलाप, वातावरण संरक्षण तथा सरसफाइ, खेलकुद र दिवा खाजा व्यवस्थापनका लागि अलग–अलग समिति गठन र दिवा खाजा खान छुट्टै सेड निर्माण गर्नुले विद्यालय सञ्चालनलाई थप व्यवस्थित बनाएको हो ।
उक्त विद्यालयमा हाल बालविकासदेखि कक्षा ७ सम्म पढाई हुँदै आएको छ, जसमध्ये कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक सुनिल कुमार चौधरीले जानकारी दिए । हाल विद्यालयमा २१७ जना विद्यार्थी अध्ययनरत छन् भने सात जना शिक्षकले अध्यापन गराउँदै आएका छन् ।
सेभ द चिलड्रेको सहयोग र सबल नेपालको साझेदारी तथा सुरुङ्गा नगरपालिकाको समन्वयमा सञ्चालित “सम्मुन्नती कार्यक्रम” ले विद्यालयको रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको प्रधानाध्यापक चौधरीको भनाई छ ।
“सोही कार्यक्रम अन्तर्गत शिक्षकहरुलाई विभिन्न तालिम, शैक्षिक सामग्री तथा भौतिक पूर्वाधार विकासका लागि सहयोग प्राप्त भयो,” उनले भने, “यसले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षमा उल्लेखनीय सुधार ल्याएको छ ।”
विद्यालयका शिक्षकहरुले कमजोर विद्यार्थीहरुका लागि अतिरिक्त कोचिङकक्षा पनि नियमित सञ्चालन गर्दै आएको प्रधानाध्यापक चौधरीले जानकारी दिए ।
विद्यालयलाई २०८१ मंसिर १६ गते हरित तथा जंकफुडरहित विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण चौधरीले जानकारी दिए ।
विद्यालय परिसरभित्र वातावरण संरक्षण र स्वस्थ खानपान संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । “सम्मुन्नती कार्यक्रमबाट विद्यालयले पाप्त गरेका उपलब्धिहरु अगामी दिनमा पनि कायम राख्ने र विद्यालयलाई अझ उचाइमा पु¥याउने प्रति हामी प्रतिवद्ध छौं” अध्यक्ष चौधरीले भने ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सात लाख ३३ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको सबल नेपालका फिल्ड म्यानेजर रोशन मण्डलले जानकारी दिए । कार्यक्रमले जिल्लाका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन क्षमता अभिवृद्धि तथा समुदायको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
पिएम कपमा सप्तरीको दोस्रो जित
पिएम कपमा सप्तरीको दोस्रो जित
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
युवक र महिला झुण्डिएको अवस्थामा फेला, विषादी सेवन गरेकी युवतीको मृत्यु
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग