राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१८८ पटक हेरिएको
Shares
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश

सारांश

  • ४४औं बिपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
  • उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामपल्टन साह, पार्टीका मधेश प्रदेश सहमहामन्त्री विन्दु यादव, जिल्ला सभापति रामदेव साह, पुर्वमन्त्री तेजुलाल चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, भूपेन्द्र यादव, उमेश मिश्र, बद्री महात्मान लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
  • यसअघि चौधरी नेपाली काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा समेत सहभागि भएका थिए ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
राजविराज नगरपालिकाका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य शैलेश चौधरीले बुधबार पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
४४औं बिपी स्मृती दिवसको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामपल्टन साह, पार्टीका मधेश प्रदेश सहमहामन्त्री विन्दु यादव, जिल्ला सभापति रामदेव साह, पुर्वमन्त्री तेजुलाल चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, भूपेन्द्र यादव, उमेश मिश्र, बद्री महात्मान लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
यसअघि चौधरी नेपाली काँग्रेस सप्तरीद्वारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा समेत सहभागि भएका थिए । विद्यार्थी जिवनकालमा २०३० सालमा नेवि संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी पछि गएर मधेशवादी विद्यार्थी संगठन हुँदै मधेशवादी दलमा प्रवेश गरेका थिए ।
चौधरीले समय, अनुभव, अनुभूती र जनताको चाहना अनुसार आफू नेपाली काँग्रेसमा प्रवेश गरेको स्पष्ट पारेका छन् । उनले नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्न काँग्रेस रोजेको बताउँदै यसलाई बलियो बनाउन निस्वार्थ ढंगले काम गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?