सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
९३ पटक हेरिएको
Shares
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि

सारांश

  • हिन्दु सम्राट सेनाको नेतृत्वमा भएको बिरोध प्रदर्शनका क्रममा केही बेर प्रहरीसँग घम्साघम्सी समेत भएको थियो ।
  • सो क्रममा प्रहरीले एक जना हिन्दु सम्राट सेनाका कार्यकर्तालाई पक्राउ गरेको सेनाका सल्लाहकार इन्द्रसागर गुप्ताले जानकारी दिए ।
  • पक्राउ परेकालाई प्रहरी मंगलबार साँझ रिहा गरेको उनले बताए ।
दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
सुनसरीको देवानगञ्जमा भएको घटनाको बिरोध सप्तरीमा पनि भएको छ । जिल्ला सदरमुकाम राजविराजमा मंगलबार दिउँसो ४ बजेदेखी ६ बजेसम्म स्थानीय नेता चौकमा बिरोध प्रदर्शनका साथै श्रद्धाञ्जली सभा गरिएको छ ।
हिन्दु सम्राट सेनाको नेतृत्वमा भएको बिरोध प्रदर्शनका क्रममा केही बेर प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । सो क्रममा प्रहरीले एक जना हिन्दु सम्राट सेनाका कार्यकर्तालाई पक्राउ गरेको सेनाका सल्लाहकार इन्द्रसागर गुप्ताले जानकारी दिए । पक्राउ परेकालाई प्रहरी मंगलबार साँझ रिहा गरेको उनले बताए ।
हिन्दु सम्राट सेनाका जिल्ला अध्यक्ष सुरेन्द्र दासले देवानगञ्ज घटनाको बिरोधमा बुधबार राजविराज बजार बन्दका साथै यातायातका साधनहरु समेत ठप्प पार्ने जानकारी दिए । उनले दोषिमाथी कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्ती र घाइतेहरुको उपचार खर्च राज्यले व्यहोर्नु पर्ने माग समेत गरे ।
यसअघी जिल्लाको महुली, रुपनी लगातयका स्थानमा समेत सुनसरी घटनाको बिरोध भएको थियो ।
यता सनुसरीको स्थानीय प्रशासनले मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि गरेको छ ।
स्थानीय प्रशासनले इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कफ्र्यू लगाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालद्धारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न र घेराउ गर्न नपाउने गरी निषेध गरिएको छ ।
विभिन्न स्थानमा प्रदर्शन सुरू भएपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ ।
देवानगञ्जमा दुई समुदायका बीचमा भएको झडप पछि शसस्त्र प्रहरीले गोली चलाँउदा एकजनाको ज्यान गएपछि घटनाको विरोधमा प्रदर्शन भइरहेको छ । तोडफोड र आगजनी भएपछि सुनसरीको पकलीदेखि कोशी व्यारेजसम्म मुख्य राजमार्गमा कफ्र्यू जारी भएको छ । यता देवानगञ्ज क्षेत्रमा पनि सोमबारदेखी नै कफ्र्यू जारी छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
लागु औषधसहित तीन यूवा पक्राउ 
लागु औषधसहित तीन यूवा पक्राउ 
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा