मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
११ पटक हेरिएको
Shares
मलखाद वितरणमा जनप्रतिनिधी र डिलरको  मिलोमतो रहेको किसानको गुनासो

सारांश

  • सो पालिकाका पाँच दर्जन भन्दा बढी किसानहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी श्रीमिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा किसानहरुका लागी आएको मलखादमा कालोबजारी भईरहेको दाबी गरे ।
  • उनीहरु मंगलवार नै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो प्रकरणको छानवीन गरी दोषीमाथी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
  • खडक नगरपालिका ११ का किसान धर्मनाथ यादवले मलको अभावमा खेतीपाती गर्न किसानले समस्या भोगिरहेका बेला डिलर र वडाअध्यक्ष मिलेर कालोबजारी गरीरहेको र वास्तविक किसानहरु मल नपाई रित्तो हात पर्कन बाध्य भएको सुनाए ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
सप्तरीको खडक नगरपालिका १ स्थित मलखाद डिलर श्रीमिशन कृषि फर्मका संचालक र वडाअध्यक्षको मिलोमतोमा मलखादको कालोबजारी भइरहेको त्यहाका स्थानीय किसानहरुले आरोप लगाएका छन ।
सो पालिकाका पाँच दर्जन भन्दा बढी किसानहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी श्रीमिशन कृषि फर्मका संचालक मनोज कुमार चौधरी र वडाअध्यक्ष राम कृष्ण चौधरीको मिलोमतोमा किसानहरुका लागी आएको मलखादमा कालोबजारी भईरहेको दाबी गरे ।
उनीहरु मंगलवार नै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर सो प्रकरणको छानवीन गरी दोषीमाथी कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई ज्ञापन पत्र समेत बुझाएका छन ।
खडक नगरपालिका ११ का किसान धर्मनाथ यादवले मलको अभावमा खेतीपाती गर्न किसानले समस्या भोगिरहेका बेला डिलर र वडाअध्यक्ष मिलेर कालोबजारी गरीरहेको र वास्तविक किसानहरु मल नपाई रित्तो हात पर्कन बाध्य भएको सुनाए ।
उनले डिलर र वडाअध्यक्षको मिलोमतोमा एकै परिवारका ३÷४ जना तथा आफ्ना आसेपासेका ब्यक्तीलाई किसान कार्ड बनाई मनपरी ढंगले मलखाद विक्री वितरण भइरहेको गुनासो पोखे ।
विदेशमा रहेका श्याम मुखिया, राम मुखिया र रामशंकर यादव लगायतको नाममा किर्ते किसान कार्ड बनाएर मलखाद खरिद गरी आफ्ना नाता गोता र आसेपासेलाई बेच्ने गरेको बताए ।
पत्रकार सम्मेलनमा प्रमाणका रुपमा किसान कार्ड र डिलरबाट एक महिनाको अवधीमा वितरण गरिएको मलस्खाद वितरणको विवरण सहितको प्रतिलिपी समेत किसानहरुले सार्वजनिक गरेका छन ।
अर्का किसान नवेन्द्र रामले आफुले २०८१ साल मै किसान कार्ड बनाएर मलखाद्यका लागी डिलर कहाँ धाएको धाए पनि हालसम्म एक पटक पनि मलखाद पाउन नसकेको गुनासो पोखे ।
किसान लालो प्रसाद रामले डिलर संस्थाका  संचालक चौधरीले मलखाद वापत मनपरी रकम लिने र विल समेत नदिने गरेको गुनासो पोखे ।
यता वडाअध्यक्ष रामकृष्ण चौधरीले उक्त आरोपमा कुनै सत्यता नरहेको र डिलरसँग कुनै मिलोमतो नभएको तथा पारदर्शी ढंगले नै मलखाद विक्री वितरण भइरहेको दाबी गरे ।
उनले किसान कार्ड बनाउदा जग्गाधनी प्रमाण पुर्जालाई आधार बनाइएकोमा एउटै परिवारका २ देखी ३ जनाको नाम सिफारिस भइआउदा समस्या उत्पन्न भएको तथा सोको छानवीन गरी एउटा परिवारबाट एक जनाले मात्रै किसान कार्ड पाउने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
डिलरका संचालक चौधरीले पनि सो आरोपको प्रतिवाद गर्दै किसान कार्ड लिएर आउनेलाई मात्र मलखाद  दिएको र कुनै कालो बजारी नगरेको दाबी गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग 
भारु नोटको अभाव भएको भन्दै राष्ट्रिय मुक्ती पार्टीद्वारा सटही काउन्टर पुनःसंचालनको माग 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन