हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र १८, २०८३
|
|
१२० पटक हेरिएको
Shares
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

सारांश

  • रथयात्रामा ठूलो संख्यामा युवा–युवती, बृद्ध–बृद्धा र बालबालिका सहभागी भए ।
  • रथयात्राका मुख्य सञ्चालक सन्यासी बिरु सरस्वतीले यस्ता धार्मिक आयोजनाले धर्म प्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने बताए ।
  • श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको समन्वयमा निकालिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको मूल पुजारी रत्नेश्वर झाले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, १८ भदौ । 
राजविराजमा विहीबार भगवान श्रीकृष्णको भब्य रथयात्रा निकालिएको छ । हजारौं भक्तजनको सहभागितामा स्थानिय श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गनबाट भगवान कृष्णको रथयात्रा निकालिएको हो ।
रथयात्रामा ठूलो संख्यामा युवा–युवती, बृद्ध–बृद्धा र बालबालिका सहभागी भए । रथयात्राका मुख्य सञ्चालक सन्यासी बिरु सरस्वतीले यस्ता धार्मिक आयोजनाले धर्म प्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने बताए ।
श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको समन्वयमा निकालिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको मूल पुजारी रत्नेश्वर झाले जानकारी दिए । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाईको मोटो डोरी तान्न भक्तजनमा तछाडमछाड नै चलेको थियो ।
रथयात्रा नगर परिक्रमा पश्चात पुनः सोही मन्दिरमा पुगेर समापन भएको छ । रथयात्रामा राजविराज नगरपालिकाका साथै आसपासका पालिकाबाट समेत भक्तजन तथा साधुसन्त सहभागी हुन आएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो

धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो