हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र १८, २०८३
|
|
१७ पटक हेरिएको
Shares
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

सारांश

  • रथयात्रामा ठूलो संख्यामा युवा–युवती, बृद्ध–बृद्धा र बालबालिका सहभागी भए ।
  • रथयात्राका मुख्य सञ्चालक सन्यासी बिरु सरस्वतीले यस्ता धार्मिक आयोजनाले धर्म प्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने बताए ।
  • श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको समन्वयमा निकालिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको मूल पुजारी रत्नेश्वर झाले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, १८ भदौ । 
राजविराजमा विहीबार भगवान श्रीकृष्णको भब्य रथयात्रा निकालिएको छ । हजारौं भक्तजनको सहभागितामा स्थानिय श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिर प्राङ्गनबाट भगवान कृष्णको रथयात्रा निकालिएको हो ।
रथयात्रामा ठूलो संख्यामा युवा–युवती, बृद्ध–बृद्धा र बालबालिका सहभागी भए । रथयात्राका मुख्य सञ्चालक सन्यासी बिरु सरस्वतीले यस्ता धार्मिक आयोजनाले धर्म प्रति आस्था बढाउनुका साथै धार्मिक र आपसी सद्भाव बढाउने काम समेत गर्ने बताए ।
श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरको समन्वयमा निकालिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको मूल पुजारी रत्नेश्वर झाले जानकारी दिए । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाईको मोटो डोरी तान्न भक्तजनमा तछाडमछाड नै चलेको थियो ।
रथयात्रा नगर परिक्रमा पश्चात पुनः सोही मन्दिरमा पुगेर समापन भएको छ । रथयात्रामा राजविराज नगरपालिकाका साथै आसपासका पालिकाबाट समेत भक्तजन तथा साधुसन्त सहभागी हुन आएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन

रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली

रसुवा बाढीको त्रासदी र पूर्व सूचना प्रणाली

रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन

रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन

तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन

तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन

रसुवाको बाढीमा सप्तरीको एकै परिवारका  तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन

रसुवाको बाढीमा सप्तरीको एकै परिवारका  तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन