वडा दशैं सुरु, शक्तीपीठहरुमा विषेश पुजाअर्चना 

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, आश्विन २५, २०८३
|
|
१३ पटक हेरिएको
Shares
वडा दशैं सुरु, शक्तीपीठहरुमा विषेश पुजाअर्चना 

सारांश

  • यस अवसरमा शक्तीपीठहरुलाई सिंगारिने तथा विभिन्न टोल र चोकमा समेत दुर्गा प्रतिमा निर्माण गरिदै छ ।
  • नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा यस वर्ष पनि लाखौं श्रद्धालु भक्तजनहरु आउने अनुमान सहित सोही अनुसारको तयारी गरिएको मन्दिरका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
  •  यस्तै चाडपर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउन चाडपर्व विषेश सुरक्षा योजना बनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, २५ असोज । 
आइतबारदेखी वडा दशैं सुरु भएको छ । घटस्थापनासँगै सुरु भएको दशैंको चहलपहल सप्तरीमा पनि शुरु भएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, चण्डी दुर्गा भगवती, राजदेवी  लगायतका शक्तीपीठहरुमा विषेश पुजाअर्चनासंगै जमरा राखिएको छ ।
यस अवसरमा शक्तीपीठहरुलाई सिंगारिने तथा विभिन्न टोल र चोकमा समेत दुर्गा प्रतिमा निर्माण गरिदै छ ।
नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा यस वर्ष पनि लाखौं श्रद्धालु भक्तजनहरु आउने अनुमान सहित सोही अनुसारको तयारी गरिएको मन्दिरका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए । यस्तै चाडपर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउन चाडपर्व विषेश सुरक्षा योजना बनाएको छ । विषेश सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, मोबाईल टोली, बजार अनुगमन, यात्रु सहायता कक्ष निर्माण र रिफ्रेस प्वाइन्ट लगायतका ब्यवस्था मिलाइएको प्रहरी उपरिक्षक रुपक खडकाले जानकारी दिए ।
जिल्लाका सबै सम्वेदनशिल क्षेत्रका साथै जिल्लाभर युनिफर्म र सादा पोशाकका ८ सय ५७ तथा ट्राफिक प्रहरी तर्फका ३९ गरी कुल ८ सय ९६ प्रहरी परिचालन गरिने उनले बताए । अपुग भएका तथा आवश्यक्ता अनुसार तालुक मधेश प्रदेश प्रहरीबाट थप जनशक्ती माग गरिने उनको भनाई छ ।
चाड पर्वको समयमा अत्याधिक भीडभाड हुने बैंक तथा वित्तिय संस्था, सुनचाँदी पसल, पार्किंङ स्थलका साथै प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा निगरानीका लागी थप प्रहरी परिचालन हुने उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
तिलाठी कोइलाडीका अध्यक्षसहित २४ जनाले रोजे लोसपा
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ