सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८३
|
|
१० पटक हेरिएको
Shares
सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरियो 

सारांश

  • कोशी कमला सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) का अध्यक्ष ४२ वर्षीय मो.
  • फिरोजका अनुसार सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरिएको हो ।
  • कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबलसँगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत पोखरी सरसफाइ तथा संरक्षणको काम गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित ‘कोइलाडी स्कुल पोखरी’ कुनै समय फोहोर र दुर्गन्धले भरिएको थियो । पोखरीमा फालिएका सिसाका बोतल तथा अन्य फोहोरका कारण पानी पशुचौपायाले समेत पिउन नसक्ने अवस्थामा पुगेको थियो । पानी सञ्चय नहुने समस्याले पोखरीको उपयोगिता पनि हराइसकेका थिए । तर, अहिले त्यही पोखरी स्थानीय समुदायका लागि उपयोगी जलस्रोत मात्र नभई जीवनरेखा जस्तै बनेको छ ।
कोशी कमला सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) का अध्यक्ष ४२ वर्षीय मो. फिरोजका अनुसार सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरिएको हो ।
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबलसँगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत पोखरी सरसफाइ तथा संरक्षणको काम गरिएको छ ।
“पहिले पोखरीमा सिसाका बोतल र फोहोर भरिएका थिए । पानी टिक्दैनथ्यो र पशुचौपायाले समेत खान नसक्ने अवस्था थियो,” फिरोज सम्झन्छन्, “अहिले पोखरीमा पर्याप्त पानी सञ्चय भएको छ । विद्यार्थीले हातखुट्टा धुने, स्थानीयले कपडा धुने र नुहाउने गरेका छन् ।”
उनका अनुसार पोखरीमा अहिले करिब ५० बिघा जग्गामा सिँचाइ गर्न पुग्ने पानी सञ्चय भएको छ । पोखरीको चारैतिर वृक्षारोपणसमेत गरिएलकोले वातावरणीय सौन्दर्य बढाउनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिन खाने र केही समय विश्राम गर्ने अनुकूल वातावरण पनि बनाएको हो ।
फिरोजका लागि यो परिवर्तन पोखरी सफा हुनुमा मात्र सीमित छैन । यसले समुदायमा पानीको महत्व, सरसफाइ र सामूहिक प्रयासप्रतिको चेतना पनि बढाएको छ ।
“पहिले बेवास्तामा परेको पोखरी अहिले समुदायका लागि सम्पत्ति बनेको छ,” उनी भन्छन् । यो पहलले स्थानीय जलस्रोतको संरक्षण, पानीको उपलब्धता र सामुदायिक विपद् उत्थानशीलता अभिवृद्धिमा स्थानीय सहभागिताको महत्वलाई उजागर गरेको फिरोजको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
चिसो बढेपछी विद्यालयमा बिदा 
चिसो बढेपछी विद्यालयमा बिदा 
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
टेलिकमको उपकरण चोरी गर्ने चार पक्राउ 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी 
स्थापना दिवसमा पुस्तक प्रदर्शनी