प्रहरीद्वारा एकै दिन १७ जना  फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
सोमबार, पौष २१, २०७६
|
|
४१ पटक हेरिएको
Shares
प्रहरीद्वारा एकै दिन १७ जना  फरार प्रतिवादी पक्राउ

सारांश

  •     सप्तरी प्रहरीको एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानको रुपमा लिएपछि सोमबारै १७ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो ।
  •       प्रहरीले सप्तरीको बलान बिहुल गाउाँपालिका ३ बस्ने ५४ वर्षिय कुटपिट मुद्दामा फरार जयराम साह, खड्क नगरपालिका ४ बस्ने ५८ वर्षका ज्यान मार्ने उद्योगमा फरार ईसराइल मियाँ, बोदेबर्साईन नगरपालिका ९ बस्ने ४७ वर्षिय लुटपिट मुद्दामा फरार चन्देश्वर साह, सोही नगरपालिका ९ बस्ने ५७ वर्षिय कुटपिट मुद्दामा फरार झौलि मंडल, सोही न.
  • पा.

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    जिल्ला प्रहरी कार्यलय सप्तरीले एकै दिन विभिन्न मुद्दामा फरार १७ जना प्रतिवादीहरुलाई पक्राउ गर्न सपल भएको छ । 
    सप्तरी प्रहरीको एक वर्षे कार्य योजना अनुरुप फरार प्रतिवादी पक्राउलाई अभियानको रुपमा लिएपछि सोमबारै १७ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो । 
    प्रहरीले सप्तरीको बलान बिहुल गाउाँपालिका ३ बस्ने ५४ वर्षिय कुटपिट मुद्दामा फरार जयराम साह, खड्क नगरपालिका ४ बस्ने ५८ वर्षका ज्यान मार्ने उद्योगमा फरार ईसराइल मियाँ, बोदेबर्साईन नगरपालिका ९ बस्ने ४७ वर्षिय लुटपिट मुद्दामा फरार चन्देश्वर साह, सोही नगरपालिका ९ बस्ने ५७ वर्षिय कुटपिट मुद्दामा फरार झौलि मंडल, सोही न.पा. २ बस्ने ४७ वर्षिय कुटपिट मुद्दामा फरार महेन्द्र साहलाई पक्राउ गरेको छ । 
    त्यस्तै सप्तरीकै बोदेबर्साईन न.पा. २ बस्ने ३८ वर्षिय कुटपिट मुद्दामै फरार राम सुन्दर यादव, 
    सोही नगरपालिका १० बस्ने ५९ वर्षिय ज्यान मार्ने मुद्दामा फरार खगेन्द्र यादव, जिल्लाको सुरुङ्गा न.पा. ९ बस्ने वर्ष ४० वर्षिय कुटपिट मुद्दामै फरार नरसिहं चौधरी, खड्क न.पा. ९ बस्ने सोही मुद्दामा फरार फागु मण्डल, सोही नपा ६ बस्ने जारी मुद्दामा फरार रहेकी संगिता कुमारी चौधरीलाई पक्राउ गरेको जनाएको छ । 
    यसैगरि प्रहरीले खड्क न.पा. ६ का जारी मुद्दामा फरार बद्री चौधरी, सोही नपा ६ लुटपाट मुद्दामा फरार नजबुद मिया, वडा नं. ६ कै फरार मुद्दामा राज कुमार साहलाई, खड्क न.पा. ९ बस्ने महिनारायण चौधरी भाई दिपनारायण चौधरीमाथी लुटपिट गरी फरार रहेकोमा पक्राउ गरेको छ ।
    प्रहरीले सप्तरीकै खड्क न.पा. ९ बस्ने मिश्रीलाल चौधरीलाई छोरा अरुण कुमार चौधरीलाई लेनदेन मुद्धामा फरार रहेकोमा पक्राउ गरेको छ । यसैगरि खड्क न.पा. ९ बस्ने सुखैर चौधरीको हकमा श्रीमती सुकमारदेवी चौधरी जालसाँझी गरेको मुद्धामा तथा सप्तरीकै राजगढ गा.पा. २ बस्ने बलविर कुमार यादव कुटपिट अङ्गभङ्ग मुद्धामा फरार रहेकोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु