नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने

सारांश

  •     नेपाल भारत मैत्री यूवा संघ र यूवा शसक्तिकरण संघ नेपाल सप्तरीको आयोजनामा आयोजित नेपालको बिकासमा भारतीय योगदान बिषय अन्तरक्रियामा सो कुरा बताएका हुन् ।
  •       प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा वक्ताहरुले दशकौंदेखी नेपालको विकासमा भारत सरकारले गरिरहेको सहयोगलाई बिर्सन नहुने बताए ।
  • भारतीय सहयोगका कारण मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको जिकिर समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 
    भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले नेपालको विकासमा भारतको सहयोग अपरिहार्य रहेको बताएका छन् । 
    नेपाल भारत मैत्री यूवा संघ र यूवा शसक्तिकरण संघ नेपाल सप्तरीको आयोजनामा आयोजित नेपालको बिकासमा भारतीय योगदान बिषय अन्तरक्रियामा सो कुरा बताएका हुन् । 
    प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा वक्ताहरुले दशकौंदेखी नेपालको विकासमा भारत सरकारले गरिरहेको सहयोगलाई बिर्सन नहुने बताए । भारतीय सहयोगका कारण मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको जिकिर समेत गरे । 
    संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंहलाई सम्मान समेत गरिएको थियो । 
    सो कार्यक्रममा राजपा नेपालका सहमहामन्त्री जय प्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादब, बरिष्ठ अधिबक्ता हिमत सिंह, विभिन्न स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह