सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  

राजविराज राजविराज
|
शनिबार, माघ १८, २०७६
|
|
३० पटक हेरिएको
Shares
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  

सारांश

  •     यस अभियानका लागि सप्तरीका चार वटै क्षेत्रको अभियान्ता समेत तोकिएको छ ।
  • जसअनुसार क्षेत्र नं.
  • १ मा सूर्यनाथ यादव, २ मा शैलेश चौधरी, ३ मा बिनोद चौधरी र ४ मा अनिरुद्ध प्रसाद सिंहलाई अभियान्ता तोकिएको संयोजक साहले बताए ।

    राजविराज÷समाजवादी पार्टीले संगठन बिस्तार तथा सुदृढिकरणका लागि तीने महिने “बिसु” अभियान मुलुकभर सुरु गरेको छ । यस अभियानका लागि शनिबार सप्तरीको कार्य योजना बनाइएको छ । 
    पार्टीका केन्द्रिय सदस्य तथा अभियानका सप्तरी संयोजक समेत रहेका प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको अध्यक्षतमा शनिबार राजविराजमा केन्द्रिय समितिका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी तथा जिल्ला कमिटिका पदाधिकारीहरुसँग तीन महिने अभियानको कार्य योजना बनाइएको छ । बनाइएको कार्य योजना शनिबारै सम्पन्न जिल्ला कमिटिको बैठकबाट पारित समेत भएको मन्त्री साहले जानकारी दिएका छन् । 
    संगठन बिस्तार तथा सुदृढीकरण (बिसु) अभियानका सप्तरी संयोजक मन्त्री साहका अनुसार पार्टीलाई बैचारिक रुपमा बैकल्पिक र शक्तिको हिसाबले पहिलो बनाउने र पार्टी एकीकरण सन्देश जनताबीच पु¥याउने अभियानको उद्देश्य रहेको छ ।
    यस अभियानका लागि सप्तरीका चार वटै क्षेत्रको अभियान्ता समेत तोकिएको छ । जसअनुसार क्षेत्र नं. १ मा सूर्यनाथ यादव, २ मा शैलेश चौधरी, ३ मा बिनोद चौधरी र ४ मा अनिरुद्ध प्रसाद सिंहलाई अभियान्ता तोकिएको संयोजक साहले बताए । 
    माघ २१ गते पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा सप्तरीमा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री साहले जानकारी दिए ।  
    उनले बाँकी काम सम्पन्न गर्ने, पार्टी कार्यकर्ताहरुको सैद्धान्तिक एवं बैचारिक स्तर अभिबृद्धि र रुपान्तरण गर्ने, समिति निर्माण गर्न बाँकी स्थानिय तहहरुमा संगठनात्मक संजाल बिस्तार गर्ने, पार्टी एकीकरण र ध्रुबीकरणको कामलाई घनिभूत गर्ने, पार्टीको प्रचारात्मक कामलाई व्यवस्थित गर्ने, पार्टीभित्र आपसी एका, हार्दिकता र सकारात्मक सोचको विकास गर्ने र संविधान संशोधन का लागि सडक र सदनबाट दबाब सृजना गर्ने अभियानको उद्देश्य रहेको जानकारी दिए । 
    अभियान माघ ३ गतेदेखी चैत मसान्तसम्म संचालन रहने बताउँदै संयोजक समेत रहेका मन्त्री साहले यसअघि अभियानको औपचारिक रुपमा माघ ३ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा  परिवार विचल्लीमा 
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी