दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नेपालको हितमा हुने गरि अमेरिकाको मिलेनियम च्यालेन्ज कार्पाेरेशन (एमसीसी)लाई पारित गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीको कार्यक्रममा सहभागि हुने सप्तरी आईपुग्नु भएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपालको हितमा हुने गरि एमसीसीलाई पारित गरेर बिदेशी सहयोग लिनुपर्ने बताउनुभयो ।
कुनै देशले यदि नेपाललाई सहयोग गर्न चाहन्छन् भन्ने हामीले सहयोग दिनुपर्छ, अध्यक्ष साहले भन्नुभयो–‘‘तर त्यो सहयोग गर्ने नाममा नेपालभित्र छिरेर अशान्त मच्चाउन र देशलाई द्वन्द्व तर्फ धकेल्न नियतबाट आएको हो भन्ने त्यसलाई अस्वीकार पनि गर्नुपर्छ ।” एमसीसी बारे गहन छलफल गरेर देशको हित हुने गरि मात्र पारित गर्नुपर्ने उहाँको भनाई थियो ।
एमसीसीको बिषयलाई लिएर पक्ष र बिपक्षमा भईरहेको
अनावश्यक बहसलाई छाडेर एमसीसी नेपालको हितमा छ वा छैन् भन्नेर सबै दलले सोच्नुपर्नेमा जोड दिनुहुँदै नेपालले सबै देशसँग मित्रवत सम्बन्ध राख्नुपर्ने बताउनुभयो ।
ललिता निवासको जग्गा अनियमितता प्रकरणमा दुई जना पुर्वप्रधानमन्त्री माधव नेपाल र बाबुरा भट्टराईमाथि मुद्दा नचलाएर अन्य पदाधिकारीमाथि मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय त्रुटीपुर्ण भएको टिप्पणी समेत उहाँले गर्नुभयो ।
ठुला नेताहरुलाई छाडेर अन्य पदाधिकारीमाथि मात्रै मुद्दा चलाउने अख्तियारको निर्णयले अख्तियार कतै सरकारको छायाँ त नबनेको हो कि भन्ने आशंका लाग्न थालेको अध्यक्ष साहको कथन थियो ।
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
सारांश
- पार्टीको कार्यक्रममा सहभागि हुने सप्तरी आईपुग्नु भएका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपालको हितमा हुने गरि एमसीसीलाई पारित गरेर बिदेशी सहयोग लिनुपर्ने बताउनुभयो ।
- कुनै देशले यदि नेपाललाई सहयोग गर्न चाहन्छन् भन्ने हामीले सहयोग दिनुपर्छ, अध्यक्ष साहले भन्नुभयो–‘‘तर त्यो सहयोग गर्ने नाममा नेपालभित्र छिरेर अशान्त मच्चाउन र देशलाई द्वन्द्व तर्फ धकेल्न नियतबाट आएको हो भन्ने त्यसलाई अस्वीकार पनि गर्नुपर्छ ।
- ” एमसीसी बारे गहन छलफल गरेर देशको हित हुने गरि मात्र पारित गर्नुपर्ने उहाँको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया