लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका

राजविराज राजविराज
|
मंगलबार, मंसिर १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  •     माथिको घटनाहरूको विश्लेषण गर्दा पर्वत्यौहारको बेला तथा आफन्तबाट प्रेम प्रस्ताव तथा बलात्कारका घटनाहरू हुने गरेको देखिन्छ ।
  • सिरहा जिल्लामा कार्तिक महिनामा मात्रै सातवटा बलात्कारको घटना भएको सार्वजनिक भएको छ ।
  • यी र यस्ता घटनाहरूका पीडितको जातिय अवस्था हेर्दा दलित र जनजाति बढी पर्ने तथा पीडकको जातिय अवस्थामा बिविधता रहेको पाइन्छ ।

राकेश प्रसाद चौधरी 
    महोत्तरी सदरमुकाम जलेश्वरको दुर्गाचोकमा मंसिर ९ गते अर्थात नोभेम्वर २५ तारिख आइतवारको साँझ लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई सरकारी तथा गैरसरकारी सरोकारवालाले मैनवत्ती जलाएर स्वागत गरे । अर्कोतर्फ सिरहाको सुखीपुरमा भएको सामुहिक बलात्कार घटनाका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन शुरू भयो । 
    छठ पर्वको बेला महिलालाई सामुहिक बलात्कार भएको घटनाका आरोपितहरूलाई कारबाहीको मागगर्दै अधिकारकर्मीहरूले आन्दोलन गरिरहेका छन् । यसैबीच सिरहाकै एक युवतीले सामाजिक संजालमार्फत आफूखुशी विहे गरेको कारण असुरक्षा भएको भन्दै सहयोग खोजी गरिरहेको थियो । यस घटनाको अर्को पाटो हेर्दा मण्डल थरकै केटा र केटी एकअर्काको नातामा पर्ने पनि देखियो । केटाको हजुरआमा र केटीको हजुरवुवाआफ्नै भाईवहिनी रहेकोले उनीहरू पनि भाईवहिनी नै नातामा पर्ने भएकोले यस भागीविवाहको आलोचनापनि हुने गरेको छ । 
    माथिको घटनाहरूको विश्लेषण गर्दा पर्वत्यौहारको बेला तथा आफन्तबाट प्रेम प्रस्ताव तथा बलात्कारका घटनाहरू हुने गरेको देखिन्छ । सिरहा जिल्लामा कार्तिक महिनामा मात्रै सातवटा बलात्कारको घटना भएको सार्वजनिक भएको छ । यी र यस्ता घटनाहरूका पीडितको जातिय अवस्था हेर्दा दलित र जनजाति बढी पर्ने तथा पीडकको जातिय अवस्थामा बिविधता रहेको पाइन्छ । 
    त्यही सर्लाहीको हरिवन प्रहरीमा बहुविवाहको जाहेरी दिंदा समेत कुनै बास्ता नभएपछि पीडितपक्ष प्रमुख जिल्ला अधिकारी वा अदालत गुहार्ने तयारी गरिरहेका छन् । लैंगिंक हिंसाबिरूद्धको १६ दिने अभियानमा तामझाँम हुनु कुनै नौलो परम्परा होइन । तर यो अभियान चलिरहेकै बेला न्यायको लागि आन्दोलनहरू हुनु र प्रत्यक्ष सरोकारवालालाई मुद्धा वा जाहेरी दर्ता गराउन अन्य न्यायिकपक्ष वा राजनीतिक दलका प्रतिनिधि एवं अधिकारकर्मीहरूलाई गुहार गर्न पुग्नु सोचनीयएवं निन्दनीय विषय अवश्य छ । 
    महिनौं वित्दा समेत निर्मलापन्तलाई आफन्तले न्यायपाउन सकेका छैनन । देशव्यापी आन्दोलन भइरहेको छ । तर पीडकको अत्तोपत्तो छैन । अर्कोतर्फ महोत्तरी औरहीकी ९ महिने शिशुको लाई भाद्र १० गते बलात्कार पश्चात हत्या भएको थियो । सीमित चर्चा बटुलेको यो यो घटनाको आरोपमा कार्तिक २ गते सुनसरीको भन्टावारीबाट पक्राउ गरिएका भंगहा नगरपालिका ६ हतिसर्वाका भरत साहलाई पूपक्र्षको लागि कारागार चलान गरिएको छ । अर्कोतर्फ राज्यलाई दवावदिन सरकारी एवं गैरसरकारी पक्षको निरन्तर दवाव र अत्याधिक चर्चाको बिषय बनेपनि निर्मलापन्तको हत्याराको पत्तो लगाउन सकिएको छैन । सुरक्षानिकायलाई दवाव नदिइपनि त्यसले काम गरिरहेको कुरा महोत्तरीकी बालिका सोनालीको हत्या अरोपित पक्राउ भएपछि पुष्टि भएको छ । यसअर्थमा जुनसुकै अपराधको घटनालाई राजनीतिकरण वा उच्च ओहदाका ब्यक्तिको स्वार्थसँग नजोडिएसम्म प्रहरीले राम्रैसँग अनुसन्धान गर्न सकिने पनि देखिन्छ ।
    एकातर्फ देशको विभिन्न ठाउँहरूमा भइरहेको १६ दिने अभियानमा लामो लामो कुरा गर्ने तर अर्कोतर्फ पीडकलाई बचाउन दवावदिने ब्यक्तिहरूको पहिचान हुनु पनि उत्तिकै आवश्यक देखिएको छ । जातिअनुसार जुनसुकै घटनामा पीडित र पीडकसँग ब्यबहार गरिने सरकारी संयन्त्र रहेकोमा पनि मधेसी, दलित, जनजातिलगायतका समूदायको चित्तदुखाई छ । पीडित दलित र पीडक गैरदलितभएको खण्डमा सरकारीपक्ष वा राजनीतिकदल गैरदलितकै पक्षमा उभिने गरेको उदाहरण सिरहाको कल्याणपुरमा मरिक समूदायको महिलासँगभएको दुव्र्यवहारको घटनाबाट हेर्न सकिन्छ । त्यस गाउँमा गैरदलित यादव समुदायका युवाले मरिक महिलालाई दुव्र्यवहार गर्दा समेत त्यहाँका भद्रभलादमी अन्ततःदुबैपक्षलाई मिलापत्र गराएरै छाँडे । यसमा पीडितको पक्षको चित्तदुखाई हुँदा समेत पछि आउने असुरक्षालाई ध्यानदिंदै मिल्नु बाध्यता नै थियो । पीडितलाई फोन गरेर सोध्दा सानो जाति भएकोले मिडियाकर्मी घट्नाबारे बुझेर गएपनि कुनै कत्तै सामाचार नबनाइएकोमा र अधिकारकर्मीहरूले समेत साथ नदिएकोमा दुखेसो पोखिन ।  
    दलितसँग लैंगिक हिंसा वा विभेद हुँदा मिडियाले समेत स्थानदिने नगरेकोमा उनीहरूको चित्तदुखाई रहेपनि १६ दिने अभियानलाई अधिकारकै आन्दोलनको रूपमा लिने गरेका छन् । दैनिक ज्यालादारी र कामको चापका कारण यस अभियानमा ती पीडित समूदायको संलग्नता न्यून छ । एकछाक खान धौं धौं पर्ने ती समूदायलाई आर्थिक र शैक्षिक सशक्तिकरण गर्ने अभियान चलाइए हिंसाबिरूद्धको अभियानहरू चलाउन पर्ने नै थिएन । 
    जातिय विभेद, बलात्कार तथा बलात्कार प्रयासका घटनाका केही पीडकहरूलाई मात्र पूर्पक्षमा कारागार पठाउने आदेश अदालतबाट हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) महोत्तरीको प्रतिवेदनमा समेत उल्लेख छ । सरकारी तहका प्रहरी तथा प्रशासनिक 
    सरोकारवालाहरू दलित, जनजाति र मधेशीमैत्री अझ धेरै हुनुपर्ने देखिन्छ । त्यसका लागि जुनसुकै निकायमा बयान सुन्ने ब्यक्ति वा अधिकारी स्थानीय भाषा बुझ्ने र कुनै दबाब वा प्रभावविहीन हुनुपर्ने देखिन्छ । तर अहिलेसम्म त्यस्तो पाउन नसकेकै कारण पीडितले बोलेको कुरा समेत उल्टो तरीकाबाट प्रस्तुत हुने र न्यायबाट बंचित गरिने परिपाटी कायम रहेको छ । विपन्न तथा सीमान्तकृतहरूको मुद्धामा सरोकारवालाहरू गंभीर एवं हरेक गाउँस्तरमा अपराधिक ब्यक्तिको अभिलेखिकरण नभएसम्म सडकमा मैनवत्ती, भित्तामा पोस्टर र सडकमा प्रदर्शन गरेर लैंगिक हिंसा समाप्त गर्न ग्राहो छ । अर्कोतर्फ महोत्तरी, सिरहासहितको जिल्लामा पीडित हुने ब्यक्तिहरू अधिकांश विपन्न दलित, जनजातिहरू रह्ने गरेको अध्ययनले देखाएको कारण यी समूदायको शक्तिकरणमा सरोकारवालाहरूले अभियान चलाउन अति आवश्यक छ । (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
लक्ष्य भन्दा २० प्रतिशत कम मुद्दा फर्छयौट
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर