तीन सय किलोको पितलको घण्टा स्थापना

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
तीन सय किलोको पितलको घण्टा स्थापना

सारांश

  •     मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।
  •     हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महा शिवरात्री पर्व मनाउने गरिन्छ ।
  • यस पर्वको अवसरमा सप्तरीको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, डाक्नेश्वरी मन्दिर, लालेश्वरनाथ मन्दिर, भुतनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, अंकुरी महादेव मन्दिर लगायतका शिवालयमा दर्शन र पुजाआजा गर्ने भक्तजनको दिनभर नै घुईचो लागेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    महा शिवरात्रीको अवसरमा राजविराज ७ हटियास्थित भुतनाथ महादेव मन्दिरमा ३ सय किलो वजनको पितलको घण्टा स्थापना गरिएको छ । 
    मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।

    हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महा शिवरात्री पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा सप्तरीको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, डाक्नेश्वरी मन्दिर, लालेश्वरनाथ मन्दिर, भुतनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, अंकुरी महादेव मन्दिर लगायतका शिवालयमा दर्शन र पुजाआजा गर्ने भक्तजनको दिनभर नै घुईचो लागेको थियो । 
    शिवालयहरुमा दर्शनार्थीको अत्याधिक चाप बढेपछि शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो भने दर्शनार्थीको चापका कारण सम्बद्घ मन्दिर व्यवस्थापन समितिले पनि स्वयसेवक परिचालन गरी भक्तजनलाई लाामबद्घ लगाएर पुजापाठको व्यवस्था मिलाएका थिए । 
    भक्तजनहरु पवित्र नदीबाट जल ल्याएर हरहर महादेव र बोलबमको नारा सहित काँवर बोकेर शिव मन्दिर पुगी जल चढाएका छन् । उनीहरु अघिल्लो दिन राती नै सप्तकोशी नदीमा पुगी त्यहाँबाट जल बोकेर मध्यराती पैदलै हिडेका थिए । 
    शिवरात्रीको अवसरमा हरनन्देश्वर महादेव मन्दिर प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय, राजविराज जेसिज, सुर्या लाईफ ईन्स्योरेन्स, एनसि ईन्जिरिङ्ग कन्सलटेन्सी, ग्रिन नेपाल, मिलन डेरी, ओपन नौलेज फर्मल लगायतका कार्यालय र संघ संस्थाले निशुल्क खानेपानी, दुध, बेलपत्र लगायतका प्रसाद सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
तिलाठीमा सामुदायिक विपद् प्रतिकार्य तालिम
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ
सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    
सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ
सप्तरीको उद्योग र औद्योगिक विकास 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो