दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीमा बुधबार थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक सप्तरीको बोदेबसाईन नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रमा रहेका चार जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यसैबीच अहिले सप्तरीमा पुष्टि भएका कोरोना संक्रमित मध्येबाट २५ जना भारतबाहेक अन्य मुलुकबाट आएकाहरु रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
यता बुधबारै थप २७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या १ सय ७६ पुगेको स्वास्थ्य प्रमुख यादवले बताए ।
बाँकी रहेकाहरुको हाल राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा उपचार भइरहेको छ । सुरुमा १ सय ३ वेड रहेको सो आइसोलेशन कक्षमा ७५ वटा वेड थप गरि हाल १ सय ७८ वेड बनाइएको प्रमुख यादवले बताए ।
यसैगरि बुधबारसम्म भारतबाहेक अन्य मुलुकका गरि ३ सय १ जना जिल्ला भरिका क्वारेन्टाइन केन्द्रहरुमा रहेको उनले जानकारी दिए । जसमध्ये अधिकांशको स्वाब संकलन समेत भइसकेको उनको भनाई छ ।
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सारांश
- पछिल्लो पटक सप्तरीको बोदेबसाईन नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रमा रहेका चार जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- यसैबीच अहिले सप्तरीमा पुष्टि भएका कोरोना संक्रमित मध्येबाट २५ जना भारतबाहेक अन्य मुलुकबाट आएकाहरु रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
- यता बुधबारै थप २७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया