सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित

राजविराज राजविराज
|
बुधबार, श्रावण २८, २०७७
|
|
८० पटक हेरिएको
Shares
सप्तरीमा एकै दिन ३३ जना कोरोना पुष्टि, चिकित्सकदेखी १३ महिने बालकसम्म संक्रमित

सारांश

  •     यसअघि मंगलबार कोरोना संक्रमणबाट जिल्लाको डाक्नेश्वरी नगरपालिकाका एक ७५ वर्षिय बृद्धको मृत्यु भएको थियो ।
  •       पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये राजविराज नगरपालिकाका २९ जना छन् भने रुपनी गाउँपालिकाका चार जना रहेका छन् ।
  •       गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले सोही अस्पतालका एक चिकित्सक तथा राजविराज नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
    सप्तरीमा पहिलो पटक बुधबार एकै दिन ३३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय १८ पुगेको छ । 
    यसअघि मंगलबार कोरोना संक्रमणबाट जिल्लाको डाक्नेश्वरी नगरपालिकाका एक ७५ वर्षिय बृद्धको मृत्यु भएको थियो ।  
    पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये राजविराज नगरपालिकाका २९ जना छन् भने रुपनी गाउँपालिकाका चार जना रहेका छन् । 
    गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले सोही अस्पतालका एक चिकित्सक तथा राजविराज नगरपालिका वडा नं. ६ का एक १३ महिने बालकसहित ३३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
यस्तै पोजेटिभ देखिएका मध्ये कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारका सदस्य समेत छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार पछिल्लो परिक्षण रिपोर्टमा राजविराज नगरपालिका वडा नं. २ का ११, वडा नं. ६ का १०, वडा नं. ७ का ६, वडा नं. ८ का एक तथा गजेन्द्र नारायण सिंह अस्पतालका एक चिकित्सकसहित २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । 
    बुधबार एक सय ३९ जनाको स्वाब परिक्षण रिपोर्ट प्राप्त भएकोमा ३३ जनाको पोजेटिभ तथा १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    यता कोरोनाको जोखिम बढेपछि स्थानिय प्रशासनले गत साउन ८ देखी सप्तरीमा निषेधाज्ञा जारि गरेको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?