दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु

राजविराज राजविराज
|
आइतबार, भाद्र ७, २०७७
|
|
७४ पटक हेरिएको
Shares
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु

सारांश

  •     गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्ट अनुसार सोही अस्पतालमा तथा जिल्लाको तिरहुत गाउँपालिकास्थित गोइठी स्वास्थ्य चौकीमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा एक महिलासहित १० जनामा संक्रमण देखिएको हो ।
  •       यस्तै खडक नगरपालिकाका ३, महदेवा गाउँपालिकाका २, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
  • योसँगै कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ भदौं । 
    सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्ट अनुसार सोही अस्पतालमा तथा जिल्लाको तिरहुत गाउँपालिकास्थित गोइठी स्वास्थ्य चौकीमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा एक महिलासहित १० जनामा संक्रमण देखिएको हो । 
    यस्तै खडक नगरपालिकाका ३, महदेवा गाउँपालिकाका २, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ । 
    यसैबीच स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदा ल्याउँदै एक प्रधानाध्यापकको मृत्यु भएको छ । 
    रुपनी गाउँपालिका वडा नं. ४ घर भई विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरहुरियाका प्रधानाध्यापक रहेका ५५ वर्षिय सूर्यनारायण यादवको आइतबार दिउँसो उपचारका लागि ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको सो अस्पतालले जनाएको छ । 
    कोरोनाको आशंका गरिएकाले मृतकको स्वाब संकलन गरि पिसिआर परिक्षण थालिएको मेडिकल सुपरिटेन्डन्ट डा. रन्जित झाले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
ट्याक्टरले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु
ट्याक्टरले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु