संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, आश्विन २, २०७७
|
|
३९ पटक हेरिएको
Shares
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ

सारांश

  •     यसअघि प्रहरीले पंचायतिमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागि स्थानिय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई पक्राउ गरिसकेको छ ।
  •       बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ निवासी १८ वर्षिय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षिय रंजित भन्ने सरोज कुमार मण्डल पक्राउ परेका हुन् ।
  •       उनीहरुलाई भारतीय सीमासँग जोडिएको छिमेकी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ मा एक १७ वर्षिया किशोरीमाथी भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ । 
    यसअघि प्रहरीले पंचायतिमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागि स्थानिय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीन जना पंचलाई पक्राउ गरिसकेको छ । 
    बलात्कारमा संलग्न रहेको आरोपमा सोही ठाउँ निवासी १८ वर्षिय बब्लु भन्ने सुमन कुमार मण्डल र २० वर्षिय रंजित भन्ने सरोज कुमार मण्डल पक्राउ परेका हुन् । 
    उनीहरुलाई भारतीय सीमासँग जोडिएको छिमेकी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता फरार रहेका चार जना मध्ये दुई जना सहयोगी अझै फरार रहेका छन् । 
    गत भदौं २९ गते धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षिया संगिता मण्डलमाथी गाउँकै चार जनाले सामूहिक बलात्कार गरेको पीडित बालिकाकी आमा रधियादेबी मण्डलले बताएपछि गाउँमा भदौं ३० गते पंचायति बसेको थियो । 
    पंचायतिमा गाउँका केही अगुवाहरुले ५५ हजार रुँपैया नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट बिक्षिप्त बनेकी संगिता त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । 
यता संगिताको शवको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पोष्टमार्टम सकिएपनि रिपोर्ट भने अझै प्राप्त भइनसकेको डिएसपी भारतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?