आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान

राजविराज राजविराज
|
बुधबार, आश्विन ७, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आइसोलेशन सेन्टरमा संक्रमितका लागि स्वच्छता सम्बन्धी सामाग्रि प्रदान

सारांश

  •     वेल्थ हंगर हाइलाइभ, महुली सामुदायिक विकास केन्द्र तथा सबल नेपालको साझेदारीमा संचालित सरसफाइ कार्यक्रम अन्तर्गत मंगलबार आइसोलेशन सेन्टरमै पुगेर संस्थाका प्रतिनिधिले संयुक्त रुपमा पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रिह प्रदान गरेको हो ।
  •       गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी तथा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको विशेष उपस्थितिमा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र सबल नेपालका निर्देशक दिपक झाले संयुक्त रुपमा उक्त परिमाणको सामाग्रि आइसोलेशन व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
  • रन्जित झालाई हस्तान्तरण गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    ४१ औं सामाजिक सेवा दिवसको अवसरमा राजविराजस्थित साइकृष्ण मेडिकल कलेजको आइसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितहरुको प्रयोजनका लागि पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । 
    वेल्थ हंगर हाइलाइभ, महुली सामुदायिक विकास केन्द्र तथा सबल नेपालको साझेदारीमा संचालित सरसफाइ कार्यक्रम अन्तर्गत मंगलबार आइसोलेशन सेन्टरमै पुगेर संस्थाका प्रतिनिधिले संयुक्त रुपमा पाँच लाख मुल्य बराबरको स्वच्छता एवं स्वास्थ्य सामाग्रिह प्रदान गरेको हो । 
    गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी तथा राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवको विशेष उपस्थितिमा महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरी र सबल नेपालका निर्देशक दिपक झाले संयुक्त रुपमा उक्त परिमाणको सामाग्रि आइसोलेशन व्यवस्थापन समितिका प्रमुख समेत रहेका गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालाई हस्तान्तरण गरेका छन् । 
    संक्रमितहरुको प्रयोजनका लागि प्रदान गरिएको सामाग्रिहरुमा तौलिया, साबुन, टुथपेस्ट, ब्रस, सेनिटाइजर, सर्जिकल मास्क, हर्पिक, नेलकटर, तीन थान पानी खाने फिल्टर तथा महिला संक्रमितहरुका लागि सेनेटरी प्याड लगायतका सामाग्रि रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। झाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?