दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तरीमा सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दो छ । सप्तरी जिल्लामा मंगलबारसम्म तीनै सुरक्षानिकाय गरि १ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका नेपाल र सशस्त्र प्रहरीमा संक्रमणको दर बढ्न थालेको हो ।
यता क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा पनि कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ ।
यसरी कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन, जमघट, भेला, भिडभाड लगायत समूहगत कार्यक्रम अहिले बन्द गरेको छ ।
त्यस्तै राजविराजस्थित नेपाली सेनाको भिमदल गणका ९ जना सेनामा पनि कोरोना संक्रमणको पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लामा हालसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ६ छन् । जसमध्ये सुरक्षा निकायतर्फका संक्रमितको संख्या १ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
सारांश
- कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका नेपाल र सशस्त्र प्रहरीमा संक्रमणको दर बढ्न थालेको हो ।
- यता क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा पनि कोरोना संक्रमण भएको छ ।
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया