दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको बिष्णपुर गाउँपालिका वडा नं. ७ लाई बिहीबार बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लिलम्बर यादवको प्रमुख आतिथ्यमा बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो ।
गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा समारोहमा जिल्लाको बिभिन्न ठाउँमा भइरहेको बाल बिवाहलाई मध्यनजर गर्दै बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । पाँच सय १० घरधुरी रहेको सो वडामा एक मात्र बाल बिवाह भएको थियो ।
वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित समहारोमा २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने गरेकोले कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्नु नुहुने बक्तहरुले धारणा राखे ।
वडा अध्यक्ष साहले बाल बिवाह गर्नेलाई गाउँपालिकाबाट दिने सेवा सुबिधाबाट बञ्चित गर्ने र उसको घरका सदस्यले पाउने बृद्ध भाता र शौक्षिक छात्रबृति समेत बन्द गरिने जानकारी दिए । सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीको सहकार्यमा आयोजित घोषणा समारोहमा सेभ द सप्तरीका अध्यक्ष धु्रव देव, सेभ द चिल्ड्रेनका किशोर किशोरी बिकासका कार्यक्रम संयोजक रचना थापा र स्थानिय बिभिन्न वडा कार्यालयका वडा अध्यक्षहरुले शभकामना मतब्य ब्यक्त गरेका थिए ।
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा
सारांश
- गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा समारोहमा जिल्लाको बिभिन्न ठाउँमा भइरहेको बाल बिवाहलाई मध्यनजर गर्दै बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ ।
- पाँच सय १० घरधुरी रहेको सो वडामा एक मात्र बाल बिवाह भएको थियो ।
- वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित समहारोमा २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने गरेकोले कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्नु नुहुने बक्तहरुले धारणा राखे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया