नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
५० पटक हेरिएको
Shares
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न  रहेका सरकारी कर्मचारीसहित चार सार्वजनिक 

सारांश

  •     जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका ५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका ४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको हो ।
  •     प्रहरीले उनीहरुलाई नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
  •     पक्राउ परेकामध्ये रोशनकुमार चौधरीको जनकपुरस्थित डेरामा सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनको कोठाबाट विभिन्न व्यक्तिको दर्जनौँ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराईको प्रमाणसहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने हेलोग्रामको लोगो, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाअध्यक्षको छाप, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने हेलोग्राम, नागरिकता विवरणको ठेली, मोबाईल १ थान, १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

दैनिक समाचारदाता
जनकपुर, २८ मंसिर । 
    धनुषा प्रहरीले नक्कली नागरिकता बनाउने कार्यमा संलग्न रहेको जिल्ला प्रशासन कार्यालयका एक सहयोगिसहित चार जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । 
    जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका ५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउपालिका ४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत ४२ वर्षीय महाविर मण्डललाई प्रहरीले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा सार्वजनिक गरेको हो ।
    प्रहरीले उनीहरुलाई नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केहि कागजात, दर्जनौँ नेपाली नागरिकता र डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ परेकामध्ये रोशनकुमार चौधरीको जनकपुरस्थित डेरामा सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनको कोठाबाट विभिन्न व्यक्तिको दर्जनौँ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाईसराईको प्रमाणसहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने हेलोग्रामको लोगो, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाअध्यक्षको छाप, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने हेलोग्राम, नागरिकता विवरणको ठेली, मोबाईल १ थान, १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
    शाहीले धनुषा जिल्ला अदालतबाट सरकारी दस्तखतको छाप किर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेकोले पक्राउ गर्ने अनुमति लिई थप अनुसन्धानको कार्य भईरहेको जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
चिसोले जनजिवन कष्टकर, विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदै प्रहरी
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
विद्युत चुहावट गर्ने १६ जना पक्राउ, प्रहरीद्वारा लागु औषधबारे जनचेतना तथा गाँजाको बोट नष्ट
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
ऐन आएपछि दलितमाथी हुने सबै प्रकारको भेदभाव अन्त्य हुन्छ ः मन्त्री साह
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह