राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ लागेको आगोले पीडित बनेकाहरुलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत वितरण गरेको छ ।
आगलागिबाट सबै घरहरु र सम्पति जलेर नष्ट भई पीडित बनेकाहरुलाई केही राहत दिएर घाउँमा मल्हम लगाउने उद्देश्यले राहत बितरण गरेको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए ।
आगलागि भएकै स्थानमा अग्निपीडितहरु बिन्देश्वर साफी, प्रसाद साफी, सिकीलाल रजक र फुलिया रजकलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु, कम्बल र खाद्यान्नलगायतका राहत सामाग्रीहरु वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिकाको अध्यक्ष सतिष सिंह, उपाध्यक्ष सुचिता यादव, वडा नं. ७ को अध्यक्ष गुलाव सिंह, वडा नं. ६ को अध्यक्ष गोबिन्द यादव, प्रहरी चौकी कोईलाडी बर्साईनका प्रहरी सहायक निरीक्षक ईन्द्र बहादुर मगर, पत्रकारद्वय अवधेश कुमार झा, बैजनाथ यादव लगायतका स्थानीयहरु उपस्थिती रहेको थियो ।
सो आगलागिबाट १० घर जलेर नष्ट हुनुका साथै ४० लाख बराबरको धनमालको क्षति भएको छ । आगोमा १ थान बाख्री मर्नुका साथै १ थान गाईको बच्छा घाइते भएको छ ।
बभनगामाका अग्निपीडितलाई क्लबले राहत वितरण ग¥यो
सारांश
- राहत वितरण कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिकाको अध्यक्ष सतिष सिंह, उपाध्यक्ष सुचिता यादव, वडा नं.
- ७ को अध्यक्ष गुलाव सिंह, वडा नं.
- ६ को अध्यक्ष गोबिन्द यादव, प्रहरी चौकी कोईलाडी बर्साईनका प्रहरी सहायक निरीक्षक ईन्द्र बहादुर मगर, पत्रकारद्वय अवधेश कुमार झा, बैजनाथ यादव लगायतका स्थानीयहरु उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया