आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस

सारांश

  •     राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो ।
  • नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो ।
  •       प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशव्यापी आम हड्तालको घोषणा गरेको पूर्वसन्ध्यामा बुधबार साँझ राजविराजमा मसाल जुलस प्रदर्शन गरेको छ । 
    राजविराजस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरेको थियो । नेकपा प्रचण्ड–नेपाल समूहले उक्त नियुक्तिको बिरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषण गरेको हो । 
    प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले बिहीबर हड्तालको घोषणा गरेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका छन् ।
    बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा संघर्ष समितिकी सहसंयोजक भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरकुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताए ।
    यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिदै त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
प्रहरीको विशेष सुरक्षा योजना संचालन
प्रहरीको विशेष सुरक्षा योजना संचालन
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान
दहको पानी नहाले खाना पाक्दैन
दहको पानी नहाले खाना पाक्दैन
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले