प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
४८ पटक हेरिएको
Shares
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न

सारांश

  •     आयोजित भेलामा प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रिय परिपत्र माथि प्रकाश पार्दै पत्रकार संगठनले खेल्नु पर्ने भुमिका बारे धारणा राखेका थिए ।
  •      भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेश कुमार यादवले अगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडी वढ्नु पर्ने बताए ।
  •       जिल्ला सचिव तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    प्रेस संगठनको सप्तरीको दोस्रो जिल्ला भेला बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
    आयोजित भेलामा प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रिय परिपत्र माथि प्रकाश पार्दै पत्रकार संगठनले खेल्नु पर्ने भुमिका बारे धारणा राखेका थिए ।     भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेश कुमार यादवले अगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडी वढ्नु पर्ने बताए । 
    जिल्ला सचिव तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।
    सोही भेलामा नेकपाका प्रदेश सदस्य महेश प्रसाद यादवले पत्रकारहरुमाथि हुनेगरेको विभेदलाई गम्भिरताका साथ पार्टीले लिनु पर्ने वताए । पार्टीको अग्रमोर्चामा रहेका पत्रकारहरुलाई पेशागत हकहितका लागि नेतृत्व तहले ध्यान दिनुपर्ने वताए ।
    यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनलले विगतमा पार्टीले पत्रकारहरुलाई अवमुल्यन गरेकोले अगामी दिनमा कदर गर्नु पर्ने सुझाव दिए । संचारकर्मीहरुको कामलाई प्रशंसा नगरिएकाले आगामी दिनहरुमा विशेष ध्यान पुर्‍याउनु पर्ने बताए ।
    यसैगरी प्रेस संगठनका केन्द्रिय कार्यालय सदस्य देवराम यादवले नेपाल पत्रकार महासंघको अगामी आसन्न निर्वाचनमा रणनीति निर्माण गरेर कार्य समितिमा संगठनका वढि भन्दा वढि उपस्थिति वनाउन सवै तहवाट सहयोग पुर्‍याउन आग्रह गरे ।
    संगठनको संयोजक गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भेलामा सुरेन्द्र प्रसाद गुप्ता, सतिश दत्त लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रम संचालन दिनानाथ यादवले गरेका थिए ।
    प्रेस संगठनको आगामी फागुन १६ गते हुने प्रदेश भेलामा सप्तरीवाट २१ जनाको सहभागीता रहने संगठनका संयोजक गुप्ताले जानकारी दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
महिला कैदीबन्दीले मनाए तिज
महिला कैदीबन्दीले मनाए तिज
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन