चेक दिएर ७ लाख ठगी गरेको आरोप 

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चेक दिएर ७ लाख ठगी गरेको आरोप 

सारांश

  •     आयल ट्रेडर्सका संचालक हमिदले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन ।
  •     आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै हमिदले गत असार १९ गते युसुफलाई ७ लाख नगदै दिएको जानकारी दिएका छन् ।
  • सो रकम एक हप्तामै फिर्ता हुने गरि दिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
    सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका अब्दुला आयल ट्रेडसका संचालक मोम्मद हमिदले स्थानिय प्रवेज हार्डवेयरका संचालक मोहम्मद युसुफले ७ लाख ठगी गरेको आरोप लगाएका छन ।
    आयल ट्रेडर्सका संचालक हमिदले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन ।
    आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै हमिदले गत असार १९ गते युसुफलाई ७ लाख नगदै दिएको जानकारी दिएका छन् । सो रकम एक हप्तामै फिर्ता हुने गरि दिएको उनले बताए ।     तर, असार २३ गते युसुफले नेपाल बैंक लिमिटेड राजविराजको नाममा ७ लाखको चेक दिएपनि हमिदले सो चेक लिएर असार ३० गते बैंकमा जाँदा खाता रकम जम्मा नभएको गुनासो गरे ।
    बिश्वासको आधारमा आफुले स्थानिय व्यापारी समेत रहेका मोहम्मद युसुफलाई कारोवारको सिलिसलामा ७ लाखको रकम दिएको तर, हालसम्म पनि युसुफले सो रकम दिन नमानेको उनले  बताए । कम लिनका लागि स्थानिय भद्र भलादमी बसाएर पंचायत गरेपनि रकम दिन आलटाल गरेपछि आफुले सो चेकको तीन चोटी चेक बाउन्स गरेको बताए ।
    यता चेक बाउन्स गराएपछि ठगि गर्ने युसुफलाई बैंकिङ कारोवार कसुर बमोजिम जिल्ला प्रहरी कार्यलय सप्तरीमा जाहेरी दिएपनि प्रहरीले युसुफलाई पक्राउ गर्न नसकेको भन्दै आफू थप पीडित हुँदै गएको संचारकर्मीसँग गुनासो पोखे ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अटो रिक्सा पल्टिदा तीन जना घाइते 
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
२०७२ को संविधान असफल भयो, २०४७ कै लागु गरौं ः राजतन्त्र पक्षधर किशोरी महतो
काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न
काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी