बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 

राजविराज राजविराज
|
शनिबार, चैत्र २८, २०७७
|
|
५० पटक हेरिएको
Shares
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका वडा नं.
  • ५ का दिपेन्द्र दास रहेका छन् ।
  •       रानी देवी दासको जाहेरीको आधारमा २०७५ चैत २५ गते सप्तरी जिल्ला अदालतको फैसलाले दिपेन्द्र कुमार दासलाई एक बर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    बहुविवाह मुद्दाका फरार एक प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका वडा नं. ५ का दिपेन्द्र दास रहेका छन् । 
    रानी देवी दासको जाहेरीको आधारमा २०७५ चैत २५ गते सप्तरी जिल्ला अदालतको फैसलाले दिपेन्द्र कुमार दासलाई एक बर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो । 
    प्रहरीका अनुसार फैसला भएकै मितिले उनी फरार रहेकोमा ईलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले बिहीबार घरबाटै पक्राउ गरेको हो । 
    पक्राउ परेका दासलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?