सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि

राजविराज राजविराज
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
६९ पटक हेरिएको
Shares
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि

सारांश

  •     राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष तथा रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचरी हुन् ।
  • दुबै जनालाई अहिले होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजबिराज, ३१ चैत । 
    सप्तरी जिल्लामा मंगलबार दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एक साताअघि कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा एकै दिन चार जनाको स्वाव परिक्षण पश्चात् दुई जना संक्रमित भएपछि स्थानिय त्रसित भएका छन् ।
    राजविराज नगरपालिका २ का ५८ वर्षिय पुरुष तथा रुपनी गाउँपालिका ५ की ३६ वर्षिया महिलामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  
    पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये एक जना स्वास्थ्यकर्मीका आफन्त तथा अर्का सरकारी कर्मचरी हुन् । दुबै जनालाई अहिले होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालामा चार जनाको परिक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । 
    पछिल्लो पटक पिसिआर परिक्षण गरिएका चारै जना स्वेक्षाले जचाउन आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. रन्जित झाले बताए । 
    दुई जनामा कोरोना संक्रमण पुष्टि हुनु चिन्ताको विषय भएको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख यादवले अब कसैले पनि लापरवाही गर्नु नहुने तथा संक्रमण फैलिन नदिन सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने आग्रह गरे । 
    सप्तरीमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
बालुवा मुनी गाडिएको गाजा बरामद 
बालुवा मुनी गाडिएको गाजा बरामद 
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
विश्व स्तनपान दिवसमा जनचेतनामूलक कार्यक्रम
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह